पाँचथर । नेपाल सरकारले सार्वजनिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार गर्न ल्याएको कार्याक्रम “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’’ अन्तर्गत आर्थिक बर्ष २०७८/०७९ पाँचथर आठ पालिकाका ५० वटा बिद्यालयमा ८ करोड ६४ लाख बजेट बिनियोजन भएको छ ।
“राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’’ अन्तर्गत ११ वटा विद्यालयमा ३६ लाखका दरले ४ कोठे भवन निमाणर्को लागी बजेट बिनियोजन भएको छ । यस्तै, १४ वटा बिद्यालयमा १८ लाखका दरले २ कोठे भवन निमाणर्को लागी बजेट छुटिएको छ । २२ वटा बिद्यालयमा ६ लाख ५० हजारका दरले आइसिटि ल्याब ब्यबस्थापनको लागी बजेट छुटेको छ । १ बिद्यालयमा सिभिल इन्जिनियरिङ र १ बिद्यालयमा २८ लाख बालि बिज्ञान विषय पढाइ हुनको लागी बजेट बिनियोजय भएको हो ।