सरला रेग्मी, पाँचथर । जाडोको याम यसैपनि छिटै साझ पर्छ । साझको समय थियो, गंगा र ज्योतीलाई ( नाम परिवर्तन) घर जान हतारो थियो । एउटा गाडी तिव्र गतिमा आउदै थियो । हातले गाडी रोक्ने इसारा गरे, गाडी रोकियो । उनीहरु आफूहरुलाई पु¥याईदिन अनुरोध गरे । अनुरोध स्वीकृत भयो पनि ।
एकातीर जाने कुरा थियो । तर गाडी अर्कोतिर मोडियो । १९ बर्षीय ज्योतिले घर जाने बाटो यता होइन भनिन । गाडी चालकको जवाफ थियो ः अलि परबाट पराल हाल्नु छ । त्यताबाट जाउला । गाडी लगेर खेतमा रोकियो ।
दुई युवक ती युवतीमाथी माथी झम्टे । युवती कराउन थाले तर उनीहरु अर्तनाद सुनिदिने काहीे थिएन । एकएक जना युवक एकएक जना युवतीमाथी झम्टिएका थिए । युवतीहरु कराउन थाले, बाहिर भाग्न खोजे । १९ बर्षिय ज्योती कसो कसो उम्किन सकिन । प्रहरीको हेल्प लाइन १०० मा फोन गरिन ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक युवराजजंग कार्कीको नेतृत्वको टोली केहि समयपछि घटना स्थलमा पुग्यो । बलात्कार हुन लागेकी ज्योतिलाई उद्दार गर्यो तर गंगा बलात्कार भैसकेकी थिइन । बलात्कारिलाई प्रहरीले समात्न सफल भयो । एकजना घटना स्थलमै र अर्को मुख्य आरोपिलाई घटना भएको करीब चारपाँच घण्टापछी प्रहरीले पक्राउ गर्यो । बलात्कारी विरुद्ध जबरजस्तीकरणी कसुरमा मुुद्धा अघि बढेको छ । यो घटना रुपन्देहिको हो ।
रुपन्देहिमामात्र होइन सोही दिन मोरङको सुन्दर हरैचा नगरपालिका ४ बलियामा ३१ बर्षिया महिलामाथी सामुहिक बलात्कार भयो । प्रदेश २ –०१च–२२७ नम्बरको गाडिमा रहेका तीनजना पुरुषले बलिया चोकको श्रेष्ठ होटल एण्ड फेमिली लजमा पुर्याएर पालैपालो बलत्कार गरे । संंलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरेको र एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यि दुई घटना प्रतिनिधि उदाहरणमात्र हुन् । बिभिन्न प्रदेश या भनौ देशैभरि बलात्कारका घटनाहरु हरेक दिन सुनिरहेका, पढिरहेका हुन्छौँ । कतिपय स्थानमा बलात्कारपछि हत्या भएका घटना पनि छन् । बालवालीका, किशोरी, युवती, महिला बलात्कारको शिकार भईरहेका छन् । प्रदेश नम्बर १ मा मात्र अघिल्लो बर्ष असारदेखि पुस महिनासम्म ३ सय ६५ बलात्कारका घटना दर्ता भएका छन् । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा २ सय ७१ जबरजस्ती करणी मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी थिएको छ । यो तथ्यांकले बलात्कारको दर्दनाक अवस्था बताउँछ ।
मन्जुरी बिना करकाप, डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौनसम्पर्कलाई बलात्कार भनिन्छ । पुरुषभन्दा फरक योनाङ भएकै कारण के महिला सधै बलात्कारको सिकार हुनुपर्ने हो ? के महिलासँग भएको अंग पुरुष भन्दा फरक भएको कारण नै महिला बलात्कृत भएकी हो त ? प्रश्न छन्, जवाफ पनि अनेकन भेटिन्छन् । तर, त्यो जवाफको हरफमा भने कहि न कहि महिला नै छन् । महिला बलात्कृत भइन भने पहिलो प्रश्न महिलामाथी नै गरिन्छ । किन राती राती हिडेकी ? महिलाले संकेत नगरी कुनै पुरुषलाइ आट आउँछ र ? आजभोलिका केटि छोटा लुगा लगाएर तिग्रा देखाएर हिड्छन अनि त्यस्ताको बलात्कार नभए कस्को हुन्छ ? के महिलाले लुगानै नलगाइ हिडेपनी बलात्कार गर्ने अधिकार छ र ? महिला बलात्कार भैसकेपछी अरोप लगाउने एउटा वाक्य सुन्न पाईन्छ अचेल ‘शारिरिक सम्बन्ध मनमिल्दासम्म चमत्कार मनमिल्न छोडेपछी बलत्कार’ । यो पीडितलाई होच्याउने पुरुषवादी सोचको उपज हो । के दोष महिलाको हो, हो या बलत्कार गर्ने पुरुषको होईन ? अरु कसैको दोष छैन त ?
समाजशास्त्री भन्छन् ‘समाज शान्त हुदा बलात्कार घटना हुदैनन् ।’ जब समाज बिचलन र निराशामा जान्छ ।त्यसबेला आपराधिक मनोवृत्ति बढ्न गइ बलात्कार जस्ता घटना बढ्छन् । यसबाट भन्न सकिन्छ कि बलात्कार सामाजिक संरचनाकै उपज हो । काल माक्र्सले भनेका छन ‘समाज रहुन्जेन्ल अपराध रहन्छ’ ।
समाजमा बलात्कारी किन बढिरहेका छन् भन्नेबारे बुझ्न उ कस्तो सामाजिक परिवेसमा हुर्किएको छ भन्ने हेर्नुपर्छ । समाजमा आउने बिचलनले मानिसलाई सामाजिक रोगी बनाउछ । बलात्कारको घटना पीडक र पीडितबिचको मात्रै कुरा होइन, यसले सिंगो समाजलाई नै प्रतिािधित्व गर्दछ । यो निकै डरलाग्दो सामाजिक कारण हो । समाज संरचनाको दृष्टिकोणबाट बद्लिरहेको भए पनि छोरा र छोरी बिच गरिने व्यबहारले पनि बलात्कारका घटना बढ्दै गएको साहित्यकार सिमा आभास बताउछिन । ‘हामिले घरमा दिने संस्कारले नै छोराले जे गर्दा नि हुने र छोरीले केही गर्न नहुने समाजको निर्माण गरिरहेको कारणले नै बलात्कार बढेको छ’ आभास भन्छीन ‘बेस्सरी हास्नु नहुने, छोरी मान्छे भएर खुट्टा फारेर बस्नु हुदैन तर छोराले लुगै नगलाई बस्दा पनि अभिभावक, समाजले केही भन्दैन, छोरा प्राथमिकता पर्ने भएकाले जस्तोसुकै नराम्रो काम गरेपनि बचाउने कोसिश गरिन्छ । गल्ती गर्यो भन्दा पनि उ छोरा हो भन्ने बारे बढी चिन्तित हुन्छ ।’ आभासको भनाई छ ‘यस्तो संरचनागत कारण भएको हो । समाजभित्रको गलत मूल्यमान्यताको परिणाम हो । समाजमा भएका हेर्दा मसिना लाग्ने कुरालेनै बलात्कारको सिलसिला रोक्न नसकेको हो ।’
छोराले केटि जिस्काएर आएछ भने उ छोरा हो जिस्काउछ भन्ने तर छोरीले यस्तो हरकत गरे गर्नु हुदैन भन्ने जस्ता कुराले पनि प्रभाव पारिरहेको हुन्छ । ‘छोरा राती हिड्दा केही नभन्ने तर छोरी केहि समय ढिला गरि आउदा प्रश्न गर्ने गरिन्छ । यो त्यो छोराले सानै देखि जर्ज गरिररहेको हुन्छ र उस्लाइ लाग्छ मैले जे गरेपनी हुन्छ किनकी म छोरा हु । यस्ता साना–साना नैतिक शिक्षा जस्ले बलत्कारको घटना रोक्न बाधा गरिरहेको छ’– आभास भन्छिन् ।
बलात्कार सबैभन्दा पिडादायी अपराध हो । हत्याभन्दा पनि डरलाग्दो हुन्छ । बलात्कार रोक्न या यस्ता घटना कम गर्न यौनलाई उदार बनाउनु पर्छ । हामी एउटै परिवार भित्रपनी आफ्ना बालबच्चा सँग यौनका कुरा गर्न हिच्किचाउछाँै । उमेर बढेसँगै यौन चाहाना, उत्सुकता पनि बढ्ने हो । जिज्ञासालाई यस्तो छाडा बोल्नु हुदैन भनेर पन्छाइरहेका हुन्छँौ । बलात्कारका घटना बढ्नुमा यो पनि जिम्मेवार कारण हो ।
मनोबिद तथा अधिबक्ता नानी थापा भन्छिन् ‘त्यो बिन्दु जुन बिन्दुबाट उसले असमती जनायो त्यो बिन्दु नै बलात्कार हो । चाहे उसले त्यो व्यक्तिसंग हजाराँै पटक सेक्सुयल रिलेसन राखेको किन नहोस । जुन समय उसले नो भन्छिन नो मतलब नो नै हुन्छ ।’
महिलाले ‘नो’ भन्दा भन्दै श्रीमती हो वा विगतमा पटक पटक शारिरिक सम्बन्ध भएको छ भनेर दबाव गर्नु वा नो भन्दा भन्दै शारिरिक सम्बन्ध राख्नु बलात्कार हो । थापा भन्छिन् ‘बलात्कारको सिलसिला रोक्न सबैभन्दा पहिला कानुनी साक्षरता दिन जरुरी छ । कम्तिमा उ बलात्कार गर्नको लागि उत्प्रेरित नहोस् । मैले बलात्कार गरिसकेपछी मैले यो सजाय पाउछु भन्ने ज्ञान भयो भने पनि बलात्कारको सिलसिला रोकिन मद्दत गर्छ ।’
नानी थापा मनोविद् पनि हुन । ‘बलात्कार बढ्नु भनेको मानसिकता दुषित हुनु हो । आफुमा आएका मनोबैज्ञानिक उतारचढावलाई मानिस भन्न सक्दैनन् । फलस्वरुप समाजमा अपराध हुन्छ’ थापा भन्छिन् ‘कसैलाइ ज्वरोँ आउदा सिटामोल किनेर खान्छन । तर मनोबैज्ञानिक रुपमा आएको समस्या अरु कसैलाइ भन्न नसक्नु पनि एउटा बलात्कारको सिलसिला नरोकिने कारण हुन सक्छ । जब सम्म समाजमा यौनिकताका बारे खुलेर बहस हुदैन, बलात्कार पछि महिलालाई समाजिक रुपमा जती डर हुन्छ बलात्कारीलाइ पनि कानुनको समाजको डर हुने हो भने यो क्रम घट्ने छ ।’ बलात्कार थुप्रै चिजको आडमा हुने गरेको उनको तर्क छ । राजनैतिक शक्ति, सामाजिक देखि आर्थिक शक्तिको आडमा महिला शोषित भएका छन् । सिलसिला रोक्न हरेक मानिसमा कानुनी साक्षरता हुन जरुरी छ । मनोबैज्ञानिक समस्या पनि अन्य टाउको दुख्ने समस्या जस्तै हो । यो जो कोहि लाई हुनसक्छ । मनोबैज्ञानिक समस्या भए उपचार गर्नु पर्छ भन्ने चेतना हुन जरुरी छ ।
समाजमा हामी संगै हुर्किएका हेर्दा साना लाग्ने तर अत्यन्तै गहन बिषयले नै बलात्कारको घटना नरोकिएको देखिन्छ । मोरङबाट कान्तिपुर टेलिभिजनमा कार्यरत सुशिला पाठक भन्छिन् ‘म सञ्चारकर्मी हु तर म यस्तो समाजमा हुर्किएकी छु कि अझै पनि यौनका बिषयमा म खुलेर बहस गर्न सक्दिन । यौनका बिषयमा छलफल गर्न सक्दिन । किनकी जहाँ हुर्के त्यहाँ यौनका कुरा नै गरिदैन थियो, जसरी शिक्षा हासिल गरियो यौनका बिषय शिक्षकले खुलेर कुरानै गरेनन् । यो बिषय सधै लाजको बिषय भयो ।’
पाठक थप्छिन् ‘जबसम्म यौनका बिषयमा खुलेर बहस हुदैनतब सम्म यो सिलसिला रोकिदैन ।’उनि थप्छिन, शिक्षा नै त्यस्तो चिज हो जस्ले बलात्कार रोक्न सक्छ,।
प्रदेश नम्बर ५ को घटनाको प्रवृत्ति हेर्दापनि एउटै परिवेशको घटनामा भएपनी गंगा भन्दा ज्योति पढेलेखेको भएको कारण नै ज्योती बलात्कार हुनबाट जोगिएको देखिन्छ । ज्योती प्रहरिको हेल्प नम्बरमा जानकार थिइन,तर गंगालाई जानकार नभएको देखिन्छ । यो घटनाले पनि शिक्षा कै कारण बलात्कार जस्तो अपराध भएको हो कि भनेर आकलन गर्न सकिन्छ ।
विभिन्न अध्यनले देखाएको छ २० प्रतिशत भन्दा बढी बलात्कार सूचना तथा प्रविधि र त्यस्को माध्यमबाट हेरिने पोर्नोग्राफिलाई मानिन्छ । सरकारले पोर्न साइड बन्द नगरेको पनि होइन तर घटना कम भएको तथ्यांकले देखाउदैन ।
आफन्तबाटै बलात्कृत हुनुपर्ने निर्मम पीडादायी घटनाहरु भेटिन्छन् । कोहि शिक्षकबाट,कोहि आफनै बुवा, दाजु, काका अनि मामाबाट, आफ्नै श्रीमान, आफनै प्रेमिबाट समेत बलात्कृत भएको घटना देखे, सुनेका छौ । बलात्कारको घटना बढ्नुमा समाजनै दोषि छ । महिलालाई मनोरञ्जनको साधनको रुपमा व्याख्या गर्नु, महिला कमजोर मानवको रुपमा परिभाषित गर्नु , बलात्कार भएकी महिलाको इज्जत जाने तर जस्ले यो कुकर्म गर्यो उस्को इज्जत नजाने मानसिकताले नै बलात्कार बढिरहेको छ । इन्डियाको एउटा टेलिभिजन ‘शो’, जहाँ बलात्कृत महिलाको अन्तर्वार्ता लिएको थियो । ‘म बलात्कृत भए । इज्जत मेरो होइन, जसले मेरो इज्जत लुट्यो उसको इज्जत जबसम्म समाजमा कायम रहन्छ तबसम्म बलात्कारको घटना रोकिदैन’ उनले भनेकी थिइन । समाजमा प्रकृतिक रुपमा महिनावारी हुँदापनि महिला लजाउने पर्ने परिवेश छ भने बलात्कार पछिपनि पुरुषको सवालमा मर्द हो भनेर गरिने ढाकछोपले पनि बलात्कारको सिलसिला नरोकिएको हो ।
समाजशास्त्रले सेक्स्युलिटिलाई पनि समाजकै उत्पादन मान्छ । सेक्स्युलिटी भनेको समाज निर्मित हुन्छ । बजारले सेक्सी देखाइदिने र व्यापार बढाउने काम गरिरहेको छ । छोटा लुगा लगाएकै कारण बलात्कार बढेको हो भने बलात्कार बढ्नुको कारण लुगा होइन, बजार हो । राज्यले पाठ्यक्रममा नैतिक शिक्षा समाबेश गर्नु पर्छ । महिलाको लागि आत्मरक्षाका निम्ति तालिम दिन बिद्यालय स्तरबाट नै प्रयास हुन आवश्यक छ। कहिलेसम्म एउटि १६ बर्षे दिदिले ७ बर्षको भाइलाई रक्षक बनाएर हिड्ने ? बलात्कारीलाई समाजले नै संरक्षण गरिरहेको छ । छोरी, चेली, आफन्त बलात्कृत हुँदा कस्तो पीर पर्ला भन्ने सोचेर यस्ता घटना न्यूनीरणका लागि पहल गरिनु पर्छ । बलात्कारीलाई कडा भन्दा कडा कानुनी सजाय हुन पर्छ । बलात्कृतलाई कानुनी उपचारका लागि सम्बन्धीत निकायमा पुग्न नदिने, मिलाउन खोज्ने, मुद्धा कमजोर बनाउने, होस्टायल गर्न खोज्ने कामलाई पूर्ण त रोक्नु पर्छ । बलात्कारी वा बलात्कार गर्न प्रयास गर्नेलाई संरक्षण गर्न खोज्नेलाई पनि कानुनी कार्वाहि गर्न आवश्यक छ । बलात्कारीलाई कडा कानुनी सजाय आवश्यक छ ।
जबसम्म समाजमा यस्ता बलात्कारीलाई समाजले नै बलात्कारीलाइ यो बलात्कारी हो, घृणित हो भन्ने धारणा निर्माण गराउन सकिदैन, दोषिलाई कडा भन्दा कडा कानुनी कार्वाहि हुदैन, बालीका, युवती, महिलाको उचित सुरक्षा प्रबन्ध हुदैन तबसम्म यो सिलसिला रोकिन सम्भब देखिदैन ।