रबि । मिक्लाजुङमा जारी पाँचथर “ए” डिभिजन लिग फुटबल प्रतियोगितामा आज ४ खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा शिर्ष स्थानमा रहेको राइजिङ स्टार क्लब रबि ले तिजोक क्लब नवमिडाँडालाई १-० ले हराउदै शिर्षस्थानमै कायम रहेको छ । राइजिङ स्टारले ३ खेलमै जित दर्ता गर्दै ९ अंकका साथ शिर्षस्थान कायम गरेको छ ।
आजै भएको दोश्रो खेलमा फिदिम स्पोर्टिङक्बलले सानदार सुरुबात गरेको छ । फिदिम स्पोर्टिङक्बलले पल्लोटार युवा क्लबलाई ६-१ ले हराउदै सानदार सुरुवात गरेको हो । फिदिम र पल्लोटार दुबैको लिगको पहिलो खेल हो ।
शनिबारै भएको तेस्रो खेलमा सुम्हात्लुङ युथ क्लबले सयपत्रि युवा क्लबलाई ३-२ ले हरायो । सयपत्रि युवा क्लबको यो तेस्रो हार हो । जारी लिगमा सुम्हात्लुङ युथ क्लबले ३ वटा खेलमा एक हार र दुई जित व्यहोरेको छ ।
शनिबारै भएको अन्तीम खेलमा टुस्टार क्लब इम्बुङ लाई १-० ले हराउदै चोलुङ क्लब याङनाम दोश्रो स्थानमा उक्लेको छ । चोलुङले दुई खेल जित्दै ६ अंक जोड्न सफल भएको छ । टुस्टार दुई खेलमा एक बराबरी र एक हार ब्यहोरदै एक अंक जोडेको छ ।
जिल्ला लिगमा ११ वटा ए डिभिजनका फुटबल क्लबहरुको सहभागिता रहने छ । गत वर्ष कोभिडको कारण जिल्ला लिग हुन सकेको थिएन । जिल्ला लिग पुस २२ गते देखि २९ गते सम्म सञ्चालन हुनेछ ।