काठमाण्डाैं । सिरहामा कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई ‘गोली हान्ने धम्की दिएका’ एसपी हीराबहादुर पाण्डेलाई पदबाट निलम्बन गरिएको छ।प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार प्रहरी प्रधान कार्यालयले मंगलबार विवादित एसपी पाण्डेलाई ३ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
६ महिनाअघि मात्र सिरहा प्रहरी प्रमुखकाे जिम्मेवारी पाएका एसपी पाण्डेलाई ३ दिनअगाडि प्रहरी प्रधान कार्यालयले हेडक्वार्टर सरुवा गरेकाे छ। यसकाे दाेष कांग्रेसका सिरहा जिल्ला सभापति यादवलाई लगाउँदै एसपी पाण्डेले घरमै गएर गाेली हानेर मार्ने धम्की दिएका थिए।
एसपी पाण्डेले भने आफूले कानुनबमाेजिम काम गर्दा विवाद झिकिएकाे दाबी गरेका छन्। एसपी पाण्डे यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि विवादमा परेका थिए। उनलाई राउतले जनकारबाही गर्ने धम्कीसमेत दिएका थिए।