काठमाण्डाैं।लोपोन्मुख जाति चेपाङ समुदायका व्यक्ति पहिलोपटक मन्त्री (राज्यमन्त्री) बनेका छन्।शुक्रबार विस्तार बागमती प्रदेश मन्त्रिमण्डलमा सन्तबहादुर चेपाङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको हो। उनी देशकै चेपाङ समुदायबाट बनेका पहिलो मन्त्री हुन्। मकवानपुरको राक्सिराङ गाउँपालिका–७ धिराङ घर भएका सन्तबहादुर चेपाङ नेपाली कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य हुन्।
राज्यमन्त्रीमा नियुक्ति पाउनासाथ उनले चेपाङ समुदायमा मौलाइरहेको बालविवाह नियन्त्रण गर्न पहल गर्ने बताएका छन्।सामाजिक सञ्जालमा उनलाई बधाईको ओइरो लागेको छ। तीमध्ये एउटा यस्तो छ– मकवानपुर जिल्लाको साविक काँकडा गाविस वडा नम्बर ८, धिराङ (उहाँको जन्मभूमि) हाल राक्सिराङ गापा–७ बाट राजनीतिक यात्रा सुरु गर्नुभएका माननीय आदरणीय दाजु सन्तबहादुर प्रजा चेपाङ जाति समुदायकै पहिलो मन्त्रीको रूपमा बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री बन्नुभएकोमा हार्दिक बधाई तथा सफल कार्याकालको शुभकामना छ।