पाँचथर । मंसिरलाई विवाहको महिना पनि भनिन्छ । विवाह बन्धनमा बाँधिएका धेरै जोडी मधुमास ( हनिमुन )मा जाने गर्दछन् । हनिमुन एकअर्कालाई नजिकबाट बुझ्ने मौका पनि हो । पछिल्लो समयका नवजोडीलाई हनिमुन जानु अनिवार्य जस्तै भएको छ ।
एकप्रकारको हुरि जस्तै चलेको पनि छ । आजकल हनिमुनका लागि विशेषगरी नवाबिबाहित जोडी नेपालि भूमिमा भन्दा पनि बिदेशी भूमिमा हनिमुन मनाउनु आफ्नो रवाफ ठान्छन । नेपाली नवविवाहित जोडी विदेशका विभिन्न स्थानमा समेत जान थालेका छन् । नेपालभित्र पनि हनिमुनका लागि नयाँ–नयाँ गन्तव्यको पहिचान भइरहेको छ । र नेपालमा हनिमुनका लागि प्रसस्त स्थानपनि रहेको छ । रारा, मुस्तांग, बन्दीपुर, तिलिचो, पोखरा लगाएतका स्थान पहिलो रोजाई हुने गरेका छन् ।
जहाँ नवजोडीहरु एकअर्कामा प्रेम साट्न पुग्ने क्रम बढिरहेको हुन्छ । पुर्व अत्यन्तै सुन्दर क्षेत्र हो । ‘जता हेरेपनि हजुर पूर्वी रमाइलो’ यो गीतमा भने जस्तै हनुमुनको लागी पुर्वापनी नवजोडीको लागि उत्तम गतब्य हुन सक्छ । कोहि प्राकृतिक सुन्दरतामा रमाउन चाहान्छ त् कोहि कृतिम सुन्दरतामा , प्राकृतिक सुन्दरतामा रमाउने नवजोड़ीको लागि प्रदेश नम्बर १ मा रहेका हनिमुन गन्तब्य यी हुन् सक्छन ।
धरान–भेंडेटार अनि नाम्जे
पहाडको लजालु वातावरण एवं तराईको उष्ण गर्मीको नजिकै अनुभव लिनको लागि धरान र भेंडेटार आकर्षक गन्तव्य बन्न सक्छन् । धरानदेखि १६ किलोमिटर उत्तरमा पर्ने भेंडेटारको मुख्य विशेषता भनेकै घाम र बादलको लुकामारी हो । समुद्री सतहदेखि १ हजार ४२० मिटर उचाइमा रहेको भेंडेटारको मौसम सदाबहार चिसो हुन्छ । पूर्वी तराई र भारतका उत्तर प्रदेश, बिहार राज्यका घुमन्तेहरुको मुख्य गन्तव्य स्थल भेंडेटार लागि पनि मुख्य आकर्षणको केन्द्र मानिन्छ ।
अमेरिकाको सिएननले बिश्वमा रहेको १२ गन्तब्य स्थल मध्ये धनकुटाको सागुरिगढी गाउँपालिका वडा नम्बर ६ मा रहेको नाम्जे थुम्कि पर्यटकिय स्थल हो । भेडेटार र नाम्चे लगाएतका क्षेत्रलाइ आठौ गन्तव्यको सुचिमा लिएपछी आन्तरिक तथा बाह्य पर्यटकको घुइचो हुने गरेको छ । यहाँको चिसो मौसम,फिजारिएका डाडा अनि कुहिरोको लुकामारिले यहाँ आउने पर्यटक एक रात नबसी फर्कनै मान्दैनन् ।व्यवस्थित बनिएका होम स्टे ,होटलहरु र यहाको सुन्दरतामा नया जीवनको सुरुवात गर्न सकिन्छ ।
कन्याम
हरिया चियाका बुट्टा,नागबेली सडक अनि थुम्का थुम्की पहाड,चिसो सिरेटो,बदलिरहने मौसम,कुहिरोले लुकामारी खेलेको दृश्य हेर्ने नै हो भने अन्त जानू पर्दैन जानू पर्छ त इलाम जिल्लाको कन्याम। नेपालका २० उत्कृष्ट घुम्नैपर्ने पर्यटकीय गन्तव्यको सूचीमा समेटिएको स्थल हो कन्याम। झापा जिल्लाको चार आलि बाट लगभग ४० किलो मिटर को दुरिमा पुगिने यो स्थल हनिमुनको लागि अत्यन्तै मनमोहक हुनसक्छ ।
तराइको गर्मी छल्न होस या पारिवारिक घुमघाम गर्न, या प्रेमिल जोडिको नै किन नहोस पहिलो रोजाइ हुन्छ कन्याम, झापाको चारआलीबाट १ घन्टा २० मिनेटको उकालो लागेपछि पुगिने कन्यामको सौन्दर्यले जोकोहीलाई मन्त्रमुग्ध पार्छ । बादलको घुम्टो ओडेको कन्याममा चियाका बुट्टासँग लुकामारी खेल्दै सेल्फी खिच्नेको भिड हुन्छ ।
त्यसैत सुन्दर कन्याम,झन लकडाउन पछि बद्लिएको स्वरुपले थप रमणिय बनेकोछ।
सूर्योदय नगरपालिका र सडक डिभिजन कार्यालय, इलामले सडक फराकिलो बनाएपछि कन्यामको सुन्दरता थप बढेको हो । कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञाको समयमा कन्यामले मुहार मात्र बदलेको छैन, पर्यटकको मन भुलाउने प्रमुख गन्तव्यसमेत बनेको छ ।
तराई देखि नजिक रहेका यो गन्तव्य अत्यान्त सुन्दर र चर्चित रहेको छ । मेचीराजमार्ग आसपमासमा पर्ने चियाले आर्कषक बनाएको यो गन्तव्य जति घुम्यो, उति घुम्न मन लाग्छ । अहिले कन्यामको सौन्दर्यतालाई थप व्यवस्थीत र सुन्दर बनाउने काम भएको छ ।यो स्थान नया जोडीको लागि अत्यन्तै सुन्दर रोजाई हुनसक्छ ।
श्रीअन्तु
सुर्योदयको दृष्यका लागि श्रीअन्तु चर्चित छ । यो क्षेत्र घुम्नलाई यो बेला उपयुक्त छ । पारिवारीक घुमघामका लागि पनि सहज छ । बिहानै देखिएको सुर्यदय ,बजार नजिकैको पोखरी अनि यहाको स्थानीय परिकारले पनि अत्यन्तै सुन्दर श्रीअन्तु यहाँसम्म कालोपत्रे सडक भएकाले आनन्दले पुगिन्छ । सुर्योदयसँग अन्य दृष्यावोलोकन का लागि पनि सुन्दर छ । बस्नलाई होमस्टे, होटलहरु पर्याप्त छन् । हनिमुनका लागि योजना बुन्दै गर्दा यो उत्कृट गन्तव्य हुन्सक्छ ।
सन्दकपुर–तुम्लीङ
इलामबाट ३६ किलोमिटरमाथि चढेपछि पुगिन्छ इलामको सबैभन्दा अग्लो डाँडो, सन्दकपुर । यो स्थल जान पाँचथर को फिदिमबाट प्राङबुङ हुदै पनि जान सकिन्छ ।
देखिन त सूर्य जहाँबाट पनि देखिन्छ तर केही ठाउँ यस्ता हुन्छन् जहाँको सूर्य देख्दा आकाश नै आफ्नो भएजस्तो लाग्छ। इलामको सन्दकपुर त्यस्तै थुम्को हो, जहाँ धपधप बलेको सूर्य आकाशमा होइन, हेर्नेको आँखामा उदाउँछ।
सन्दकपुर चर्चित गन्तवय हो । सन्दकपुर–तुम्लीङ क्षेत्र केहि दिन घुम्नका लागि आर्कषक छन् । हिमाली दृष्यमा रमाउदै प्रकृतिसँग विचरण गर्न सकिन्छ । यहाँ बर्षेनी ठुलो संख्यामा स्वदेशी तथा विदेशी पर्यटक आईपुग्छन् । भीडभाड नासुचाउने अनि प्राकृतिक दृश्य मनापराउने नव दापत्य जोडीको लागि यो यात्रा गर्नु उपयुक्त हुन्छ । यहाँ जाने गाडी पाईन्छ ।
पानीटार
इलामको देउमाइ नगरपालीकामा पर्ने पानीटारपनि हनिमुनको लागि आकर्षक गन्तव्य पनि हुनसक्छ । कममात्र चर्चा भएको यो ठाँउ चियाले सजिकएको छ । थुम्कीला पहाडमा रहेका चिया बगानमा रमाउन सकिन्छ । मेचीराजमार्गको नेपालटारबाट ९ किलोमिटरमा यहाँ पुग्न सकिन्छ । सडक सहज छन् । बस्नलाई होटल तथा होमस्टेपनि छन् ।कामकाज का जोडी लाई छिटै फर्किने बाध्यता हुनेलाई र एकदिनको बास बस्न चाहानेलाई यो स्थल उपयुक्त हुनसक्छ ।
गुफापोखरी
धरान देखि बसन्तपुर हुदै बसन्तपुर देखि ३२ किलोमिटरको दुरीमा रहेको गुफापोखरी अत्यन्तै सुन्दर स्थल हो । जैविक विविधतायुक्त एवं पर्यटकीय क्षेत्र तीनजुरे(मिल्के(जलजले ९टीएमजे०को मुख्य आकर्षण भनेकै गुराँस हो । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने टीएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ । चैत(वैशाखमा वनै ढाकेर राताम्य फुल्ने गुराँसले टीएमजेलाई साँच्चिकै झकिझकाउ तुल्याउँछ । यसका साथै त्यहाँका पोखरी र त्यहाँबाट देखिने हिमश्रृंखलाहरुले संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको संगमस्थल टीएमजे क्षेत्र थप शोभायमान छ ।
बर्षातको अधिकांश समयमा कुहिरोले छोपिने टीएमजे हिउँदको चिसोमा बढी मुस्कुराउँछ । गुफापोखरी, लामपोखरी, सुकेपोखरी, जोरपोखरी, पाँचपोखरी, खोकिनपोखरीमध्ये सो क्षेत्रका कतिपय पोखरीहरु लोप भइसके । चैनपुर नगरपालिका(१, गुफाबजारमै रहेको गुफापोखरी टीएमजे क्षेत्रको सबैभन्दा ठूलो पोखरी हो । कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमालको दृश्य जब पोखरीमा डुबुल्की मार्छ, हिमाल र पोखरीको सौन्दर्यमा त्यतिबेला देखिने मिलन मनमोहक लाग्छ । करिब २९ सय मिटरको उचाइमा अवस्थित यस पोखरीको एक किनारमा चट्टान छ । सोही चट्टानमाथि रहेको गुराँसको बुढो रुखले गुफापोखरीको अलग पहिचान बनाएको प्राकृतिक प्रेमिल जोडीको लागि यो गन्तब्य उत्कृट हुन्सक्छ ।