पाँचथर । पुर्वको धाम ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देविको दर्शन गर्ने दर्शनार्थीको चहलपहलमा कमि आएको छैन। चिसो मौषम बढ्दै गए पनि दर्शनार्थीमा कमि आएको छैन ।
पाथीभरामा दसैंको नौरथादेखि तिहारको भाइटीकासम्म ५५ हजार तिर्थयात्रीले दर्शन गरेका छन् । नौरथा सुरु भएको असोज २१ गते घटस्थापनादेखि कात्तिक २० गते बिहानसम्म ५५ हजार ५ सयले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताएका छन् ।
भाइटिकाको दिन बिहान पनि ५५ तीर्थयात्री मन्दिर गएको काफ्लेले जानकारी दिए ।
बिशेषगरि दशै तिहारको समयमा तिर्थयात्रीको चहलपहल बढी हुने यो स्थानमा कार्तिक २३ गते ६ हजार ४ सय ९७ जना कार्तिक २८ गते ५ हजार ८ सय १४ र मंसिर ४ गते २ हजार ५ सय ८१ जना दर्शनका लागि पुगेका थिए । पाथीभरा दर्शनका लागि यो सिजनमा असोज र कात्तिक महिनालाई उत्कृष्ट महिना भएपनी यसबर्ष मंसिर सम्म पनि चहलपहल उत्तिकै थियो ।
हिउँदमा फागुन र चैतमा सबैभन्दा बढी हुन्छन् । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिसँग तथ्यांक छ सबैभन्दा बढी असोज २ गते ६ हजार ३ सयले पूजा गरेको ।
मौसम खुल्दा विश्वका तेश्रो अग्लो हिमाल कञ्चनजंघा, संखुवासभामा रहेको मकालु लगायतका हिमश्रृङखला आकाश मुनि वादल डकमक्क देख्न पाइने भएकाले यात्रुहरु रमाउने गरेका छन् । गतबर्ष कोरिना कहरले तिर्थयात्रीको संख्या घटेको थियो त्यही भएर पनि चिसो बढ्दै गए पनि पैदल यात्री आउनेक्रम रहेको पुजारी टीका पौडेलले बताए ।
काफ्लेपाटीदेखि मन्दिरसम्मको दूरी ५ किलोमिटर छ ढुङ्गाले छापिएको कतै सिढिमार्ग भएका कारण पैदल यात्रापबी सहज छ । काफ्लेपाटीदेखि माथिल्लो फेदि अढाई किलोमिटर दूरीमा रहेको छ ठाउँठाउँमा बस्ने लज र खाने होटल रहेका छन् ।
बिहान उकालो चढ्न सजिलो हुने भएकाले अधिकांश तीर्थयात्री ३१ सय मिटर उचाईको माथिल्लो फेंदीमा गएर बस्ने गरेका छन् ।
देशका विभिन्न ठाउँबाट हेलिकोप्टरले पनि यात्रु ओसारिरहेका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङ, सुकेटार, पाँचथरको फिदिम, इलामको कन्याम, धनकुटाको भेडेटार र धरानबाट हेलिकोप्टर सेवा छ ।सदरमुकाम फुङलिङबाट सुकेटारसम्म ८ किलोमिटर कालोपत्रे र सुकेटारदेखि काफ्लेपाटीसम्म १२ किलोमिटर कच्ची सडक रहेको छ ।
सुकेटारदेखिको कच्ची सडकमा भने १० देखि १६ जनासम्म अट्ने साना सवारी मात्रै सञ्चालन हुने गरेको छ । उच्च स्थानमा रहेको पाथीभरामा पैदल जानेले ५ किलोमिटर हिँड्नैपर्ने हुन्छ । हिँड्न नसक्नेका लागि बोक्ने मान्छेहरु प्रशस्तै हुन्छन् । उनीहरुले बच्चादेखि ठूला सम्मलाई बोक्नेगरेका छन् ।
तिर्थयात्रीको सुबिधाको लागि देउरालिमा ५ बलुडाडा देखि गुराँसे सम्म १२ भालु गौढमा ४ तल्लो फेदि देखि माथिल्लो फेदि सम्म २८ ओटा होटल रहेको होटल व्यावसायी महासंघ नेपाल इकाइ पाथिभरा क्षेत्रका अध्यक्ष इन्द्र भट्टराईले जानकारी दिए । पाथिभरा क्षेत्रमा विभिन्न संरचनाका निर्माणका काम भैरहेका छन् ।
मन्दिर पुग्नेबेला छेउ छेउमा झुन्डिएको घन्टी र ध्योजाले पनि मन्दिर परिषद सुन्दर देखिएको छ । हरेक महिना फरक फरक बिशेषता रहने पाथिभरा क्षेत्रमा पछिल्ला बर्ष १२ महिना दर्शनार्थी पुग्ने गरेका छन् ।
पाथिभरा क्षेत्रमा दर्शनार्थी बढेपछि पुजा गर्न प्रयोग गरिएको धुपका खोल,तिर्थयात्रीले प्रयोग गरिएको खानेकुराका खोलहरु राखिएका मैलापेटिमा फालिएको देखिदैन । समयमै यस्को व्यवस्थापन गर्न नसके मन्दिर क्षेत्र थप फोहोर हुने देखिन्छ ।