गिरिराज बाँस्कोटा/दिपक वोहोरा
मिक्लाजुङ, पाँचथर– मिक्लाजुङ–७ मा रहेको लेखगाँउ पुग्दा स्थानीय बासिन्दा पहिरोले पुरीएका घर उत्खन्न गरिरहेका देखिन्थे । पहिरोले पुरिएका घरमा केहि समान भेटिन्छन् कि भन्ने झिनो आशमा भनेर गाँउलेहरु भेला भएर उत्खन्न गर्दै थिए ।
पहिरो बग्न थालेपछि जोगिन भाग्दा शरिरमा एकसरोमात्र लुगा लगाएका पीडितहरु स्थानीय आफन्तकामा बसेका छन् । थुम्कीलो पहाडले घेरीएको लेखगाँउ अत्यान्त सुन्दरठाँउ थियो । सुन्दर लेखगाँउ पहिरोले विरक्त लाग्ने बनाएको छ । पीडितहरु पहिरोले सबथोक बगाएपछि अब के गर्ने भन्ने अन्योलमा देखिन्थे ।
खोलाखर्क भन्ने ठाँउमा घर, गोठ बगाएपछि केहि रहेका समान भेटिन्छकी भन्दै खोजीरहेकी रत्नमाया राईले भनिन् ‘यस्तो त कहिले थाहा थिएन् । सबैथोक बगाएर लग्यो । हामी त भागेर जोगियौँ । हाम्रो बाहरुले यस्तो पहिरो गएको कहिल्यै सुनाउनु भएको थिएन । यो पल्ट हाम्रो केहि रहेन ।’
लेखगाँउ पुग्नपनि पहिरै पहिरोको जोखिमपूर्ण यात्रा गर्नै पर्छ । पहिरोको यो दर्दयुक्त पीडा लेखगाँउमामात्र हैन् मिक्लाजुशङ गाँउपालीकाको अधिकतर ठाँउमा रहेको छ । मिक्लाजुङ–५ पदमशेर लावती आफ्नो ३२ बर्षे छोराको मृत्युसस्कार गर्दै थिए । छिमेकी इलामको एक विद्यालयका प्रध्यानाध्यापक रहेका विष्णु लावतीको पहिरोमा पुरीएर मृत्यु भएको थियो । उनीसँग चिसापानी पञ्चमीमा एकैठाँउ ११ जनाको पहिरोमा पुरीएर मृत्यु भएको थियो ।
११ जना मध्ये ६ जना एकै परिवारका हुन् । सो परिवारका दुई जना वुहारीलाई उद्वार गरी उपचारका लागि पठाइएको थियो । सडक नजिकै रहेको घरमा माथिवाट पहिरो खसेको थियो ।
यहिनेर उपचार गर्नका लागि आएका दुई जना अहेव अझै बेपत्ता छन् । अहेवलाइ बगाएको पहिरो निक्कै ठुलो देखिन्छ । बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
‘भरखरको छोरो बगायो । यहाँभन्दा ठुलो विपत्ति के हुनु र ? बाजे बजुसँग उता बस्थ्यो । छिमेकीको मा गएको रहेछ । पहिरोले बगायो’ पदमशेरले भने ‘यसपाली सारै ठुलो दशा लाग्यो ।’
मिक्लाजुङ गाँउपालीका २२ जनाको पहिरोमा परि मृत्यु भएको छ । ३ जना अझै बेपत्ता छन् । विस्थापित हुनेको संख्या यकिन छैन् । तर यो संख्या ठुलो देखिन्छ । सडक तहसनहस भएका छन् । खानेपानी मुहाननै बगाएको छ । विजुलीका पोल बगाएका छन् । जताहेर्यो त्यतै पहिरो देखिन्छ ।
पहिरो पीडितको घरमा अझै राहत पुगेको छैन् । गाँउपालीका बाहेक अरु कोहि नआएको पदमशेरले बताए । ‘प्रधानमन्त्री आउनु भयो । हामी गएर पीर सुनायौँ । केहि भएको छैन’ उनले भने ।
सरकारले बाढि पहिरोका कारण मृत्यु भएकालाई २ लाख दिने निर्णय गरेको छ । एकै परिवारका थप सदस्य भए थप एक लाखका दरले दिने सरकारी निर्णय छ । तर मृत्यु भएको १२ दिन वित्तिसक्दा पनि यो राहत आएको छैन् ।
विस्थापितहरु आफन्तको सरणमा छन् । तत्काल घर फर्किने अवस्था छैन् । सडक अवरुद्ध भएकाले चामल लगायका दैनिक आवश्यकी वस्तुको अभाव हुने सम्भावना छ । ‘गाँउपालीका अध्यक्ष आएर भेट्नु भयो । स्थानीय समाजले सहयोग गरीरहेको छ । सरकारको राहत त हामीले पाएका छैनौँ । हाम्रो वास्ता भएको छैन्’ लेखगाँउका पहिरो पीडित रविन राईले भने ‘एक सरो लुगा बाहेक केहि थिएन् । ठाँउ ठाँउमा हामीजस्ता पीडितहरु छन् ।’
राईले भनेझै सडक अवरुद्ध हुँदा समान जोहो गर्न समस्या छ । राँके–रवि, दमक– रवि सडक सुचारु भएपनि अन्य सडक बन्द छन् ।
सडक खुलाउन, खानेपानी, विद्युतको प्रबन्ध गर्नका लागि सहयोग नपाएको गाँउपालीका अध्यक्ष अमरराज माखिले गुनासो गरे । संघ, प्रदेश सरकारले हेर्ने योजनाहरु प्रारम्भीक रुपमा सूचारु गर्न नसकिएको उनको भनाई थियो । सदमरमुकामबाट पटक्कै सहयोग नभएको उनको भनाई छ । ‘उद्वार, राहतका लागि सहयोग पाइएन । पहिरोको बेला विहान नौँ बजे सिडियोलाई फोन गरेको थिए, उहाँ दिउँसो ३ बजेमात्र सम्पर्कमा आउनु भयो । सिडियो, प्रहरीबाट पर्याप्त सहयोग भएन । गाँउपालीकामा पहिरोले ठुलो विपत्ति ल्यायो । गाँउपालीकाले सबै काम गर्न सक्ने अवस्था छैन् । तर अन्य निकायबाट पटक्कै सहयोग भएन’ अध्यक्ष माखिले भने ‘सडक, खानेपानी, विद्युतका कार्यालयलाई फोन गर्यो रेन्सपोन्स गर्दैैनन् । सदरमुकामबाट पटक्कै समन्वय भएन् । सम्बन्धी क्षेत्रका कार्यालयले सहयोग गरे अली सहज हुन्थ्यो ।’
गाँउपालीकाले सकेसम्म पीडितलाई सहयोग गर्ने प्रयास गरीरहेको माखिमले बताए । राँके–भेडेटार सडकमा ठाँउ ठाँउमा पहिरो छ । सम्बन्धीत सरकारी कार्यालयले पटक्कै चासो नदेखिएको उनको भनाई छ । क्षतीको विवरण संकलन गर्ने काम भईरहेको माखिमले बताए । तर यतीनै क्षती भयो भन्ने विवरण पाउन अझै समय लाग्ने देखिन्छ ।
यति ठुलो क्षती पुगेपनि सांसद, जिसस प्रमुख, राजनीतिक दलका नेताहरु, विपत व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सहितका सदस्य, रेडक्रस लगायका संस्था प्रभावित क्षेत्रमा पुगेका छैनन् ।
विस्थापित हुने संख्या धेरै ठुलो रहेका छ भने सडक, खानेपानी, विजुली सञ्चालनमा आउन सकेका छैन् । सडक अवरुद्ध हुँदा खाद्यान्नकै अभाव हुने अवस्था देखिन लागेको छ । मिक्लाजुङका गाँउहरुमा पहिरो नै पहिरो देखिन्छ । खेती योग्य जमिन बगर भएका छन् । स्थानीयबासिन्दा अब के गर्ने भन्ने अन्योलमा छन् ।
यहाँका कुरुम्बा, लिम्बा, सराङडाँडा, आरुवोटे, रवि, दुर्दिम्बा, लगायका साविकका गाविसका विभिन्न गाँउमा ठुलो क्षती छ ।
लार राँके–रवि र दमक–रवि सडक खुलेपनि बाँकि सडक अवरुद्ध छन् । पानी पर्ने वितिकै पहिरो बग्ने किसिमका ठाँउहरु प्रसस्त भेटिन्छन् । पहिरो पीडितहरु सरकारले आफूहरुलाई अझैसम्म नहेरेको गुनासो पोख्छन् । गाँउपालीकाबाट पीडितको अवस्था हेरेपनि अन्यत्रबाट सहयोग नपाएको उनीहरुको गुनासो रहेको छ ।
जता हर्यो त्यतै पहिरो देखिन्छ । खोलाका छेउमा रहेका फाँटमा पाक्न लागेको धान खेती बगाएको छ । अलैची लगायतका खेतीमा ठुलो क्षती पुगेको छ । जताजतै पहिरोमात्र देखिन्छ । मिक्लाजुङ–५ का वार्ड अध्यक्ष अविशन लावतीले भनेझै पहिरोले के गर्यो भन्दा पनि के गरेन भन्नु पर्ने अवस्था छ । अब कसरी सहयोग, राहत तथा पुनः स्थापना गर्ने भन्ने चिन्ता देखिन्छ ।
पहिरोका कारण ठुलो क्षती पुगेको दक्षिणी मिक्लाजुङ गाँउपालीकामा तत्काल पीडितलाई राहत दिलाउने, सडक, विद्युत, खानेपानी सूचारु गर्ने तर्फ सरकारको ध्यान पुग्नु पर्ने देखिन्छ । पीडितको पीडाको घाउलाई मलमपट्टी लगाउन सम्बन्धीत निकायको ध्यान पुग्नु पर्ने देखिन्छ । पहिरोले तहसनहस यो गाँउपालीको पुनः निर्माणका लागि सरकारले विशेष प्याकेज ल्याउन आवश्यक देखिन्छ ।