पाँचथर । बेमौसमि झरिका कारण गएको पहिरोका कारण पाँचथरको दक्षिणी मिक्लाजुङ गाँउपालिका धेरै जनधनकाे क्षति भएकाले आज गाउँपालिका भरका सरकारी कार्यालय,गैरसरकारी कार्यालय,शैक्षिक संस्थाहरूलाई एक दिने शाेक बिदा दिने निर्णय भएकाे मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत अनिल त्रिखत्रिले जानकारी दिए ।
पहिराेकाे कारण मिक्लाजुङ गाउँपालिकामा २२ जनाले ज्यान गुमाएका छ । ३ जना अझै बेपता रहेका छन् ।
दजर्नौ परिवार विस्तापित भएका भने ठुलो संख्या पहिरोबाट प्रभावित छन् । यहाँ सडक, विजुली, खानेपानी, टेलिफोन सेवा अवरुद्ध भएको छ । लद्यु जलविद्युत आयोजना, कृषिका योजनाहरु, सिचाई लगायतका महत्पूर्ण योजना समेत ध्वस्त भएका छन् । धान लगायतका खेती, पशु चौपाया बगाएको छ ।