पाँचथर– ठेकेदारलाई हाल केहि रकम भुक्तानी दिने सहमति भएपछि पाँचथरको उत्तरी फालेलुङ गाँउपालीकामा लगाईएको ताला खुलेको छ । सोमवार विहान गाँउपालीका अध्यक्ष सञ्चकुमार केरुङ, गाँउपालीकाको प्रशासकिय भवन निर्माणको ठेकेदार कम्पनीका प्रतिनिधि विचकाे छलफलमा सहमति जुटेको हो ।
हाललाई ३० लाख रुपैँया रकम भुक्तानी दिने गरी सहमति भएको प्रमुख प्रशासकिय अधिकृत विनोद चौहानले जानकारी दिए ।
४२ लाख पाउने पर्ने मध्ये ३० लाख भुक्तानी दिन सहमति भएकाले ताला खोलिएको ठेकेदारका प्रतिनिधि अनिस गुरागाईले जानकारी दिए ।
भुक्तानी नभएको भन्दै स्थानीय तहको कार्यालयमा ठेकेदार कम्पनीले तालबन्दी गरेको नौलो घटना भएको थियो । गाँउपालीकाको प्रशासकिय भवनको ठेक्का पाएको कम्पनीले रकम भुक्तानी नभएको भन्दै आईतवार तालाबन्दी भएको थियो ।
भवनको पहिलो तला निर्माणको लागि कमल कन्ट्रर्सनले ९४ लाखमा ठेक्का लिएको थियो । उक्त कन्ट्रर्सनबाट पेटि ठेक्का लिएका ठेकेदारले तालाबन्दी गरेका गरेका थिए । काम सकिएपनि भुक्तानी नभएकाले तालाबन्दी गरीएको उनीहरुको भनाई थियो ।
२०७७ असारको २४ गतेसम्म म्यादमा काम नसकेपछि म्याद थपिएको थियो । समय थपिएपनि अर्को आर्थिक बर्ष लागेकाले तत्काल भुक्तानी दिने अवस्था नभएको गाँउपालीकाको भनाई थियो । गाँउपालीकाले गाँउसभाले गरेर भुक्तानी दिने बताएको थियो । ४२ लाख भुक्तानी हुन बाँकि रहेको मध्ये ३० लाख अहिले र बाँकि पछि भुक्तानी दिने सहमति भएको छ ।