१७ बर्स गंगारामको चित्र प्रती को मोह चौपट छ । सानै देखि चित्रकलामा रुचि भएका गंगाराम पछिल्लो एक बर्ष यता स्केच बनाउन थालेका हुन । डोटि स्थित केआइसिंह गाउँपालिका वडा नम्बर ७ का गंगाराम भट्ट मान्छेको हुबहु मुहार चित्रमा उतार्न माहिर छन् ।
एक बर्षको अवधिमा १०० भन्दा बढी स्केच बनाएर चर्चामा रहेका भट्ट पेन्सिलले चित्र कोर्ने गर्थे । उनी पछिल्लो समय सामाजिक संजाल तथा युटुबको मद्दतले स्केच बनाउन थालेका हुन् । उनी भन्छन “ चित्रकला लाई जीवन संगै लिएर जाने, पढाइ संगै यस्लाइ निरन्तरता दिने उने केन्जो खबरलाइ बताएका छन् ।
कोरोना महामारिको बेला स्कुल कलेज बन्द भएको बेला घरमा बस्दा स्केच बनाएर समयको सदुपयोग गरेका हुन् । स्थानिय बिधालयमा कक्षा १२ मा व्यवस्थापन बिषयमा अध्यन गरिरहेका उनी चित्रकलामै आफ्नो भबिस्य भएको बताउछन् ।
यो उमेरका केटाकेटी प्राय आज भोलि मोबाइलमा व्यस्त हुन्छन् । तर उनी भने कलाकार,फुटवल खेलाडी मिस नेपाल,जस्ता हस्तिहरुको स्केच बनाउन व्यस्त छन् । अन्य चित्रकारलाइ पनि उनले चित्रकलाको संसारमा सदैव स्वागत गर्ने बताएका छन् । स्केच चित्रकला प्रतिभा मात्र होइन कयौ पटक अपराधीलाई कटघरा सम्म पुर्याउने ठूलो भुमिका पनि खेलेको हुन्छ । डिजिटललाइजेसन भए सगै चित्रकारको महत्वमा केही कमि आएको पाइन्छ । तर अन्य कलाहरु जस्तै चित्रकला पनि एक प्रतिभा हो । चित्रकार देशका गहना पनि हुन् । यो अनि यस्ता गहनाको संरक्षम र सम्मान गर्नु राज्यको दाहित्व हो ।
उनले बनाएका स्केचहरू :