पाँचथर । मिति २०७८ भाद्र २१ गते खोलाले बगाएर बेपत्ता भएकी बालिका मृत अबस्थामा फेला परेकी छिन । पाँचथर जिल्ला हिलिहाङ गाउपालिका ७ सल्लेरी बस्ने गजेन्द्र योङयाको ४ बर्षिय छोरी आचल योङया ४ जना साथिहरुसंग फिदिम नगरपालिका वडा नम्वर ४ स्थित हेवाखोलामा नुहाउने क्रममा अचानक उक्त खोलाले बगाई बेपत्ता बनाएको थियो । र आज भाद्र २९ गते बालिका बगाएको स्थान देखि अन्दाजी १ किमि तल सोही खोलाको पुलमुनी ढुंगाको चेपमा अड्की मृत अवस्थामा फेला परेको छ । उत्त मृतकलाइ पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको प्रहरी निरीक्षक डम्वर विश्वकर्माले जानकारी गराएका छन् ।