फिदिम । पाँचथरमा अब एक साता थप निषेधाज्ञा हुने भएकाे छ । अहिले थपिएकाे निषेधाज्ञा १२ अाैं पटक थप गरीएकाे निषेधाज्ञा हाे । याे निषेधाज्ञा श्रावण २१ गते मध्य रातबाट श्रावण ३२ गते राति १२ बजे सम्म रहने बताइएकाे छ ।
फेरी थप हुने निषेधाज्ञामा समय मात्र परिर्वतन भएको छ । अरु भने अहिले जारी भएको निषेधाज्ञालाइनै निरन्तरता दिइएको छ ।
होटलहरुले सामुहिकरुपमा भेला हुने गरी सेवा दिन पाउने छैन् । पार्टी प्यालेस , स्वीमिङ्ग पुल , सपिङ्गमल , मनोरञ्जनस्थल , पार्क , सैलुन , ब्युटीपार्लर , जिम खाना र समूहमा खेलिने खेलकुदहरु , पुस्तकालय , संग्रालय आदि बाहेकका अन्य सबै पसल तथा व्यवसायहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि खोल्न पाइने भएको छ । पसलहरू बिहान ५ बजेबाट बिहान ९ बजे बजेसम्म खुल्ने छ । २१ गते.मध्य राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो । यि पसलहरु हरेक दिन बिहान ५ः०० बजे बाट दिनको ९ बजे सम्म खोल्न पाइने निणर्य भएको हो । पसलहरु यस अघि भने पसलहरु दिउसाे १ बजे सम्म खुल्ला रहदै अाएका थिए ।
कृषि तथा वनजन्य वस्तुहरूको ढुवानी समेत खुल्ला भएको छ । उक्त वस्तुहरु संग सम्बन्धित उद्योगहरु समेत स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना सञ्चालन गर्न पर्ने छ ।
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि आइतबार प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले २१ गते राती १२ बजेदेखि सातदिनका लागि निशेधाज्ञा थप गर्ने निर्णय भएको छ ।