धार्मिक पुरात्यात्विक महत्व बोकेको पिण्डेश्वर धामको आफनै छुटै ऐतिहासिक बिशेषता र महत्व पाइन्छ । रुद्राक्षका बोट बिरुवा वरिपरि,चराका चिरबिर आवाज,घन्टिका गुन्जयमान ध्वनि अनि धरान बजारको मनरम दृश्य अबलोकन गर्दै धरानको शिर बिजयपुर डाडाको काखमा पिण्डेश्वर बाबा बिराजमान छन ्।
देवादिदेव माहादेब पिण्डेश्वर बाबाको नाममा प्रख्याल यो स्थल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वार्ड नम्बर १४ मा पर्छ । पिण्डेश्वर धामको महिमा आफैमा ऐतिहासिक छ। बिशेषगरि शिबरात्री,हरितालिका तिज, साउन महिनाको सोमबार उलेख्य संख्यामा दर्शनार्थी आउने गर्छन । सुनसरी जिल्लाको पर्यटकिय तथा धार्मिक स्थल पिण्डेश्वर धाम कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण सुनसान छ । बिशेषगरी साउन महिनाको सोमबार यो क्षेत्रमा बोलबम आउने,पुजा पाठ गर्नेको उलेख्य संख्यामा चहलपहल हुने यो स्थल शान्त छ ।
डाडा बाट धरानबजार निहाल्दै हरियाली सङ बात मार्न फुर्सदमा घुम्न र धर्मकर्मका लागि आउने गरेको स्थल अत्यन्तै सुन्दर छ । ऐतिहासिक स्थल पिण्डेवरधामको महत्व छुटै छ। देवताहरुको पालामा यस स्थलको नाम रुद्राक्षाण्री ,शितलसयन भन्ने र हजारौ बर्ष पहिले स्कन्ध महापुराणमा लेखिए अनुसार समुन्द्र मन्धन सङ यहाँको प्रसङ्ग जोडिएको भन्ने कुरा रुदाक्षाण्यमा भगवान शिवले पार्वतीलाई सुनाएको कथामा भेट्न सकिन्छ। समुन्द्र मन्धन गर्दा त्यहाबाट निस्किएको अमृत देवता र राक्षस कस्ले खाने र अमर हुने भन्ने को युद्ध चलदै गर्दा बिष्णु भगवानले मोहिनी रुप धारण गरेर अमृत लाई कपड़ा मा छान्दा निस्किएको छोक्रा, पिण्ड रुपि शेष लाई देवताको आदेस अनुसार रहेको अमृतको शेष भाग पिण्ड स्वरुप लाई यहि स्थलमा ल्याएर स्थापना भएको र यहाँ देवादिदेव महादेब बिराजमान भएर यश स्थलको नाम पछि पिण्डेस्वर रहन गएको भन्ने पुर्ण कुम्भ रुदाक्षाण्य अमृत पिण्डेस्वर भन्ने धार्मिक पुस्तकमा उल्लेख भएको पाइन्छ।
तुलनात्मक रुपमा भन्दा लकडाउन अगाडि पुजा आजा गर्ने बोलबम, शिवरात्रीमा लाखौ को संख्यामा छिमेकी देश भारत बाटपनि हजारौको संख्यामा दर्शनार्थी आउने गरेको यो स्थल अहिले भने कोरोना भाइरसका कारण कमि आएको छ। दर्शनार्थीको उल्लेख्य चहलपहल हुने यो क्षेत्र कोरोना भाइरसका कारणका दर्शनार्थी नआउदा मन्दिर परिसर मात्र सुनसान होइन यहाका फुल प्रसाद बिक्रि गर्ने व्यावसासी पनि निरास बनेका छन् ।
चतरा बाट कोशिको जल ल्याइ यहाँ आइ जल चढाउदा मनोकामना पूरा हुने बिश्वास गरिन्छ। यश स्थलमा सनातन धर्मा अनुसार बेद रुद्री चण्डी पढिनुका साथै सादु सन्त आएर बस्ने स्थल पनि सङै रहेको छ।
बेद ब्यास,काल भैरब,महेश्वर,तेत्तीस कोटि देवता ,सरस्वती अष्टभुजा देबिको मन्दिर पनि पिण्डेश्वए धाम परिसर मै रहेको छ ।महादेबका विभिन्न स्वरुप पशुपतिनाथ,हसेकी,गुप्तेश्वरको प्रतिमा पनि परिसरमै देख्न सकिन्छ। पुजा गर्न आउनेको सुबिधाको लागि भनेर वरिपरि फुल चन्दर बेलपत्रपनी परिसरमै पाउन सकिन्छ । रुदाक्ष बाट बनेका विभिन्न सामाग्रीले पनि यहाको शोभालाई शुशुभित बनेको छ । नजिकै रहेको सरस्वति सरोवरले पनि यहाको सुन्दरतालाई निखारेको पाइन्छ । कोरोनाको कारण यो वर्षा र अघिल्लो बर्ष साउनको पहिलो सोमबार अत्याधिक भिडभाड हुने यो क्षेत्र अहिले भने सुनसान छ।