२४ असार, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको हो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४० लाख नाघेको भन्दै यो महामारीलाई हराउन अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन् । उनले कोरोना खोपलाई आशाको किरण भएको बताउँदै विश्वभर खोप अभियान तीव्र गतिमा सञ्चालन हुनुपर्ने बताएका छन् ।