काठमाडौं । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा रातिदेखि नै वर्षा भइरहेको हो ।यी प्रदेशका एक दुई स्थानमा अहिले मेघगर्जन/चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज मध्यरातिदेखि निरन्तर वर्षा, आज दिनभर जारी रहने सम्भावना रहेको बताइएको छ ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
काठमाडौं उपत्यकामा पनि बुधबार राति १२ बजेदेखि निरन्तर वर्षा भइरहेको मौसमविद् नगरकोटीले बताइन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने देखिएको हो ।
यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ ।
मौसम महाशाखाका अनुसार आज राति पनि प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै तथा कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
‘आज बीचमा केही बेर रोकिए पनि वर्षा जारी रहने देखिएको छ,’ मौसमविद् नगरकोटीले बिहीबार बिहान भनिन् ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।जसमा भनिएको छ ः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी, धेरै भारी वर्षाको सम्भावना रहेकाले र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।