पाँचथर– उज्यालो नेपाल पार्टीले चुनावी प्रचार प्रसारका लागि उत्तरी च्याङ्थापुबजारबाट चुनावी र्याली सुरु गरेको छ । बजारहरूमा सम्बोधन गर्दै विभिन्न ठाउँमा पुग्ने गरी र्याली सुरु गरेको उक्त पार्टीले जानकारी दिएको छ । उम्मेदवार टेक बहादुर सुब्बाको चुनावी प्रचारका लागि र्याली सुरु गरिएको हो ।
घर, गाउँ, बजार, सहर जन सकल्प यात्रा नामकारण गरिएको छ । र्याली दुई दिनसम्म चल्ने उक्त पार्टीका नेता सजिव योङ्याले जानकारी दिए । एउटा टोलि मिक्लाजुङमा भोट मागिरहेको र प्राडा महेन्द्र सुन्दर लावती , ज्योतिका राइ , श्याम बहादुर मगर, सघिय समिति र पालिका स्तरीय नेता कार्यकर्ताहरू र्यालीमा सहभागी रहेको योङ्याले जानकारी दिए ।




