काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन परिचालन समिति गठन गरेको छ ।
नेविसंघ केन्द्रीय कार्यालयका अनुसार संगठनको विधान २०२७ (छैटौँ संशोधन २०७५) को धारा १२ (५) बमोजिम १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा संगठनलाई प्रभावकारी रूपमा परिचालन गर्न संयोजक तोक्दै समिति गठन गरिएको हो ।
समितिले निर्वाचनलाई व्यवस्थित, प्रभावकारी तथा परिणाममुखी रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको नेविसंघले जनाएको छ । साथै, तोकिएका संयोजकहरूले आ–आफ्नो क्षेत्रीय आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
_hjM6jB2EBY.jpg)
_GH5qHcdq03.jpg)
_eWWe64nAtM.jpg)
_QTaGEIMjQG.jpg)
_MpK0tT9tsO.jpg)
_ijXca4jj7n.jpg)




