पाँचथर– पर्यटन प्रवर्धनका लागि आयोजना गरिएको कोशी प्रदेश स्तरीय फोटो प्रदर्शनीका लागि उत्कृष्ट ५० तस्विर छनौट भएका छन् । शनिवार (आज) दिउँसो १ बजेदेखि फिदिमको विपि पार्कमा प्रदर्शन गर्ने गरी फोटो छनौट गरिएको छ । पुरस्कृत हुने उत्कृष्ट पाँच तस्विर भने घोषणा हुन् बाँकी छ ।
कोशी पर्यटन वर्षको सन्दर्भमा पर्यटन कार्यालय काकरभिट्टाको सहयोगमा तिम्बु पोखरी मिडिया एण्ड इभेन्ट आयोजक र फोटो पत्रकार महासङ्घ पाँचथर सह–आयोजक रहेर प्रतियोगितात्मक फोटो प्रदर्शनी सम्पन्न हुन् लागेको हो ।
दुई दिनसम्म चल्ने प्रदर्शनी चल्ने छ । सांस्कृतिक कार्यक्रम सहित उद्घाटन गर्ने तयारी रहेको छ । नेपाल फोटो पत्रकार महासङ्घका अध्यक्ष हरि रेग्मी, पूर्व अध्यक्ष धुब्र आले र उपाध्यक्ष सागर श्रेष्ठको समितिले फोटो छनौट गरेको हो ।
अविन राई, एपि तोलाङ, कविराज घिमिरे, कमल घिमिरे, कुङ्गा ग्याजु, कौशल बुढाथोकी, गंगाराज सुनुवार, जीवन राई, डोल्मा शेर्पा, दमन राई, देवाकर, नविनकला जैरु, प्रविन कुलुङ राई, प्रज्वल बाँस्कोटा, प्रजोल खवास, पुुमिहाङ फेजङ, फुङ्सो जवेगु, विशाल पोखरेल, विशाल साउद, भविन कार्की, भिम कार्की, भिषण राई, मनिष आचार्य, मेघराज तामाङ, योगराज सेढाई, लक्ष्मी गौतम, लिला बोहोरा, हर्कराज गुरुङ, हरि लम्जेल, समर बराल, सन्तोष पुर्कुटि, सुन्दर मैनाली, सुसान्तराज रेग्मी, सुरेन्द्र खरेल, सरोज चाम्लिङ, सुगम ढुङ्गाना, सुजन प्रकाश प्रधानका तस्विर प्रदर्शनीमा राखिने छ ।




