फिदिम । मोरङ रंगेली नगरपालिका ७ रंगेली बजार मा ना ४ ख ३४९३ नम्बरको ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाईकल चालक रतुवामाई ६ सौठा का ४२ बर्षीय तिलक राज खड्का रहेका छन् । आज बिहान ९ बजे सोही दिशा तर्फ जादै गरेको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका खड्काको रंगेली अस्पतालमा पुर्याउन साथ मृत्यु भएको थियो । ट्रिफर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेकाे प्रहरीले बताएकाे छ ।
ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस