पाँचथर– ताप्लेजुङमा रहेको ८५८६ उचाई रहेको कञ्चनजङ्घा हिमाल सफल आरोहण भएको ७० बर्ष पुगेको अवसरमा कञ्चनजङ्घा हिरक महोत्सव–२०८२ मनाईदै छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले ७० औँ बर्षगाठ भव्यताका साथ मनाउने तयारी गरेको जानकारी दिएको छ ।
बर्षभरी विभिन्न कार्यक्रम गर्ने परिषदको लक्ष रहेको छ । सन् १९५५ मे २५ मा दक्षिणी मोहोडबाट ब्रिटिस आरोहि जो ब्राउन र जर्ज ब्याण्डले सफल आरोहण गरेका थिए । सन् १९०५ देखि आरोहणको प्रयास भएपनि १९५५ मात्र सफल भएको थियो ।
कार्यालय सचिव कार्यालय सचिव मनकुमार लिम्बुका अनुसार ‘के ७० इभेन्ट’ मार्फ्त विभिन्न कार्यक्रम हुने छन् । महोत्सवको बैशाख–५ गते ताप्लेजुङको लेलेपमा उद्घाटन गरिने छ । उक्त महोत्सवमा ताप्लेजुङ जिल्लाका कञ्चनजङ्घा आरोहण गर्ने ६ जनालाई सम्मान, कञ्चनजङ्घा हिमालको प्रचार–प्रसार, स्थानिय उत्पादनको विक्रि वितरण, स्थानिय खाद्यय परिकारको प्रवद्र्धन, सास्कृतिक कार्यक्रम, खेलकुद गतिविधि, पदयात्रा, फोटो, भिडियो प्रर्दशनी लगायतका कार्यक्रम रहेको लिम्बुले जानकारी दिए ।
कञ्चनजङ्घा आरोहण गरेका पपिहलो नेपाली आङ फूर्वा शेर्पालाई काठमाण्डौ मा सम्मान गर्ने कार्यक्रम रहेको छ । काठमाण्डौँमा बेलायती दुतावासले अन्तक्र्रिया कार्यक्रम र काठमाण्डौँमा नै राष्ट्रिय स्तर टुरीजम साझेदारसँग छलफल कार्यक्रम हुने लिम्बुले बताए ।
‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्यापर्यटन समृद्धिको आधार’ हिरक महोत्सव हुन लागेको हो । दि हिमालयन डाटा बेसको तथ्याङ्कलाई हेर्ने हो भने २ सय ४ पल्ट यो हिमाल आरोहण भएको देखिन्छ । महोत्सवका लागि लेलेपमा विभिन्न किसिमका तयारी भएको छ ।
यो समुदायमा आधारीत संरक्षण क्षेत्र हो । कञ्चनजङ्घा विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो हिमाल हो । यो संरक्षण क्षेत्रमा ८ हजार मीटर भन्दा माथि उचाईका ४ र ७ हजार भन्दा माथि उचाईका १७ वटा हिमालका चुचुरा रहेका छन् । कञ्चनजङ्घाका उत्तर र दक्षिण गरि दुई बेस क्याम्प रहेका छन् । २ हजार ३५ बर्गकिलोमीटरमा फैलिएको क्षेत्रमा २५०० प्रजातिका फुल फुल्ने वनस्पति, ८१० प्रजातिका फुल नफुल्ने वनस्पति, २३ प्रजातिका गुराँसहरु, ४८ प्रजातिका अर्किड र १४ प्रजातिका एैंसेलुहरु पाईने संक्षरण परिषदले जानकारी दिएको छ । ४५ प्रजातीका स्तनधारी र ३ सय ३० प्रजातीका चरा पाईने बार्षिक प्रतिवेदनका उल्लेख छ । २०८०÷८१ मा १ हजार ८५ जना विदेशी पर्यटकले यो क्षेत्र भ्रमण गरेको देखिन्छ ।