पाँचथर । फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगितामा ए डिभिजन मच्छिन्द्र क्लब सेमिफाइन प्रबेश गरेको छ । पूर्वमा राम्रो प्रर्दशन गरेको मच्छिन्द्र गोल्डकपमा सेमीफाइनल पुगेकोे छ ।
फिदिम माबिको खेलमैदानमा सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गरेको हो । मच्छिन्द्रलाई जित दिलाउन बिदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । शेर्पाको लागी सुजन सेन्ताङले गोल फर्काएका थिए ।
खेलमा हिमालयन शेर्पाले गोलको केही अवसर बनाएको थियो। तर, शेर्पाले पाएको मौकालाई सदुपयोग गर्न सकेन।
२७ औं मिनेटमा बिदेशी खेलाडी स्टेफिन गोल गर्दै मच्छिन्द्रको लागी सुरुवाती अग्रता दिलाएका थिए। फ्रिकिकबाट आएको प्रहारलाई स्टेफिनले गोलमा परिणत गरेका थिए ।
यस्तै, ३० औं जय गुरुङले अग्रता दोब्बर बनाए। जयले शेर्पाका ३ डिफ्रेन्डरलाइ विट गर्दै गोल गरेका थिए ।
खेलको ९० मिनेटमा सुजन सेन्ताङले गोल गरे पनि शेर्पा खेलमा फर्किन सकेन । मच्छिन्द्रका बिशाल धलान प्लेयर अफ दि म्याच चुनिए र उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
मंगलबार हुने खेल
नेपाल पुलिस विरुद्ध नमोबुद्ध फुटबल क्लब सप्तरी