पाँचथर । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यक्रमअनुसार पाँचथरमा शुक्रबार देखि जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ पाँचथरको आयोजनामा फाल्गुनन्द गाउँपालिका १ सिद्धदेवि माध्यमिक विद्यालयको खेलमैदानमा हुने जिल्ला लिगमा ११ वटा फुटबल क्लबहरुको सहभागिता रहने संघका अध्यक्ष गणेश राईले जानकारी दिए । बिभिध कारणले २०७८ साल देखि जिल्ला लिग हुन सकेको थिएन । जिल्ला लिग बैशाख २८ गते देखि जेठ ८ गते सम्म सञ्चालन हुनेछ ।
जिल्ला लिगमा पाँचथर युनाइटेड क्लब (फिदिम १), सयपत्री युवा क्लब (यासोक),पाथिभरा स्र्पोटिङ क्लब (चोकमागु),टु स्टार क्लब इम्बुङ),राइजिङ स्टार क्लब (रबि),चोलुङ युवा क्लब (याङनाम), पल्लोटार युवा क्लब ( फिदिम २ पल्लोटार),.सुम्हात्लुङ युवा क्लब (फिदिम ४ गडी),रानिटार युनाइटेड (रानिटार),तिजोक युवा क्लब (नवमीडाँडा) ,फिदिम स्र्पोटिङ क्लब (फिदिम १) सहभागी हुने छन् । संघका अध्यक्ष राईका अनुसार राउन्ड एन्ड रोविनको आधारमा हुने लिगमा सहभागी भएका क्लबलाई दुइ समूहमा बिभाजन गरी लिग गराउने बताइएको छ ।
जिल्ला लिगको विजेता प्रदेशस्तरमा हुने लिग प्रतियोगिताको लागि सीधै छनोट हुने बताइएको छ । प्रतियोगितामा सहभागी क्लबहरुले ए, बी वा सी डिभिजन खेलेका कुनै पनि खेलाडीलाई सहभागी गराउन पाउने छैनन् भने विभागीय टिमका खेलाडी पनि खेल्न नपाउने संघले जनाएको छ ।
जिल्ला लिगमा सहभागी क्लबहरु