पाँचथर । नेकपा (एमाले) पाँचथरको नवौँ जिल्ला अधिवशेनमा उपाध्यक्ष, उप-सचिव र खुल्ला सदस्य पदमा मतदान सम्पन्न भएको छ ।
उपाध्यक्षमा नर बहादुर गुरुङ र विर बहादुर कुरुम्बाङ बिच भएको प्रतिस्पर्धामा २३६ मत सहित विर बहादुर कुरुम्बाङ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी गुरुङले ११३ मत प्राप्त गरे ।
उपसचिवमा पुरुषतर्फ १७९ मत सहित तुलसी थापा विजयी भए ।उनका प्रतिस्पर्धी जेपि केरूङले १५४ मत प्राप्त गरे । महिला तर्फ कौशिला आङ्देम्बे २४७ मत सहित बिजयी भइन । उनको प्रतिस्पर्धी कमला योङ्याले ९६ मत प्राप्त गरिन ।
पाँच खुल्ला सदस्यका लागि ११ जना प्रतिस्पर्धाम नवराज घिमिर, विनोद आङ्देम्ब,कृष्ण ओझा, खगेन्द्र बाँस्कोट, र राजु थाम्सुहाङ र बिजयी भएका छन् ।
अधिवेशनमा ४ सय १ जना प्रतिनिधि छन् ।पदाधिकारी सहित ७० जनाको जिल्ला कमिटि बन्ने छ । यस अधिनै अध्यक्षमा विश्नु सापकोटा विमल सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्षमा मनोनय दर्ता गरेका मेघराज घिमिरेले फिर्ता लिएपछि सापकोटा सर्वसम्मत भएका हुन् ।
सचिव पदमा पृथ्वि लावती सर्वसम्मत निर्वाचित भएका छन् ।