आरुबोटे । पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेको पेकुवा भन्ने ठाँउको एकान्त ठाँउमा रहेको घरमा दुखः व्यक्त गर्ने, पीडित भएका चिन्तित भएर बसेका थिए । यहि घरमा ३५ बर्षिय गोमा फियाकलाई आफ्नै श्रीमान असफल भनिने नरध्वज कुरुम्बाङले खुकुरी प्रहार गरेर हत्या गरेका थिए ।
दिनँहु सगै काम गरिरहेकि गोमाको हत्याले गाँउलेहरु सन्नाटामा थिए । उनी पछिल्लो बर्ष माईतमा बस्दै आएकी थिईन् । स्थानियका अनुसार तुम्बेवा–४ हाङगुमममा कुरुम्बाङसँग उनको ६ बर्ष अगाडी विवाह भएको थियो । उनको प्रेम विवाह भएको थियो । घरमा कुटपटि गर्ने, दुखः दिने भएपछि आजित भएर माईत बसेकी गोमलाई श्रीमानले घरमै आएर हत्या गरेका हुन् ।
खुकुरी प्रहार गरी उनको हत्या भएको थियो । घरमा सासु कान्छिमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठलाई गम्भिर घाईत बनाएका छन् ।
‘घरमा कुटपिट गरेपछि माईत आएकी थिई । माइतमै आएर ज्वाँईले मारे’ गोमाका बुवाले आँखाभरि आशु बनाउँदै भने ‘अस्तीको दिन आएका थिए, हिजो भलाद्मी राखेर मिलाइदिउ भनेको खुकुरी हानेर मारे ।’
स्थानियका अनुसार श्रीमानले पटक पटक कुटपिट गरेपछि आजित भएर गोमा माईत बस्न थालेकि थिईन् । मिलाएर घर पठाएपनि एकसाता बस्न नसकेर भागेर आएकी थिई । पटक पटक घरेलु हिसांमा परेकी उनको माईतमा हत्या भएको हो ।
ज्वाई ससुराली आएपछि मिलाउनलाई भलाद्मी बोलाएका बेला घटना भएको हो । घाईते मध्ये श्रेष्ठ भलाद्मी हुन् । अरु भलाद्मी आउदै गर्दा यो घटना भएको थियो ।
‘खुकुरीको बिड नखुस्किएको भए अरुलाई जे पनि हुन सक्थेछ’ स्थानिय श्यामकुमारी लावतीले भनिन् । मृतकको ४ बर्ष छोरा छन् । मृतकको रविमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको छ । घाईतेको झापामा उपचार भईरहेको छ ।
हत्यामा संलग्न कुरुम्बाङ फरार रहेका छन् । जिल्ला बाहिर जाने नाकामा कडा सुरक्षा व्यवस्था मिलाएर खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी इक्सपेक्टर दिवस कुँवरले जानकारी दिए ।
ठुलो संख्यामा प्रहरी परिचाल गरि खोजी कार्य जारी रहेको छ ।