फिदिम । पाँचथरको दक्षिणी गाउँपालिका मिक्लाजुङ सदरमुकाम बाट टाढा रहेको पालिका हो । इलाम,मोरङ र धनकुटाको सिमाना संग जोडीएको मिक्लाजुङ गाउँपालिका साबिकका सराङडाँडा,आरुबोटे,रबि,कुरुम्बा,लिम्बा र दुर्दिम्बा गा.बि.स मिलेर बनेको छ । आठवटा वडा रहेको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजार हो ।
मिक्लाजुङ गाउँपालिकाको आठवटै वडामा सडक निर्माण भइसकेको छ । एक वडाबाट अर्को वडा सडक सञ्जालमा जोडिएका छन् । कषि सडकहरु प्रथमिक्तामा राखेर गाउँपालिकाले सडक निर्माण गरेको छ । मिक्लाजुङ गाउँपालिका सबै वडामा बिजुलि पुगेको छ । वडा नम्बर २ सप्तमी बजारमा हावाबाट समेत बिजुलि उत्पादन गरि प्रयोग गरिएको छ । रबिबाट दमक जाने फाल्गुनन्द मार्ग समेत निर्माणाधिन अवस्थामा रहेको छ । यो सडक निर्माण भए संगै मिक्लाजुङ गाउँपालिकाको केन्द्रबाट दमक पुग्न अझ सहज हुनेछ । यो सडक निर्माण समपन्न भए पछि मिक्लाजुङ गाउँपालिकाको आर्थिक समृद्धि सुरु हुने विश्वाश लिइएको सरोकारवालाहरु बताउछन् ।
मिक्लाजुङ गाउँपालिकाको केन्द्र रबि बजार पहिलेको जस्तो गाउँ मात्र रहेन अब , सहर बन्ने क्रममा छ । मिक्लाजुङ गाउँपालिकाको केन्द्र बने पछि रबि बजार बजारबाट सहर बन्दै गएको छ । मिक्लाजुङ गाउँपालिकाको केन्द्र बनेपछि तराइ तिर बसाइ सरेकाहरु पुनः रबि बजार फर्किन थालेको मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमर माखिमले बताए ।
पालिकाले लिफ्ट सहितको गाँउपालिका भवन, सामुदायिक भवन निर्माणको काम गरिरहेको छ । यस्तै खुल्ला आकास मुनि रहेको पशुहाट, कृषि हाट बजारलाई व्यवस्थित गरिएको छ । बधशाला निर्माण सम्पन्न भएको छ । रवि बजारको खानेपानी समस्या सामधानका लागि अघि सारिएको योजना पुरा भएको छ ।
पाँचथरको सदरमुकाम फिदिम बजार पछिकोे ठुलो बजार भए पनि केहि वर्ष अगाडी सम्म बिद्युतीकरण नभएको रबि बजारमा दुई वर्ष अगाडीबाट केन्द्रीय प्रषारण लाइन पुगेको छ । अस्तब्यस्तत रहने रबि बजारमा अहिले बजारबाट केहि पर पशु बजार निर्माण गरिएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताए । पशु बजार संगै बधशाला पनि निर्माण गरिएको माखिमले बताए । प्रदेश सरकारको सहयोगमा ५० लाख लागतमा पशु बजार निर्माण गरिएको माखिमले बताए । स्थानियले निशुल्क जग्गा गाउँपालिकालाइ उपल्बध गराए पछि पशुबजार निर्माण गएिको हो । आँखा अस्पतालको लागी स्थानियले ६ रोपनी जग्गा गाउँपालिकालाई दिएकाछन् अब आखाँ अस्पतालको निर्माण प्रकृया पनि अगाडी बढाउने तयारी भएको माखिमले बताए । बजार नजिक ४ रोपनि जग्गामा डम्पीङ साइड पनि तयार गरिदै गरेको माखिम बताउछन् । चिडिया खानाको लागी १५ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरि सकेको र अब निकट भविष्यमा गाउँपालिकाले रबि बजारमा चिडियाखान पनि सञ्चालनको तयारी गरिरहेको माखिम बताउछन् ।
रबि बजारमा प्रदेश सरकारको सहयोगमा अतिथि सभागृह पनि निर्माण सम्पन्न भइ रहेको छ । ४ रोपनि जग्गामा कृषि थोक बजार निर्माण गर्ने तयारी गाउँपालिकाले सुरु गरेको छ ।
भवन तथा अन्य निर्माणका कामका लागि गाँउपालिकालाई जग्गा स्थानीयबासीले दिने गरेको माखिम बताउँछन् । उनका अनुसार गाँउपालिकालाई विभिन्न क्षेत्रमा पूर्वाधार निर्माण तथा अन्य प्रयोजनका लागि स्थानीय बासिन्दाले २ सय ७५ रोपनी जग्गा निःशुल्क रुपममा गाँउपालिकालाई उपलब्ध गराएका छन् ।
रवि बजार आसपासदेखि भित्री गाँउमा आवश्यक पर्ने जग्गा उपलब्ध भएको हो । अनुरोधलाई जनताले स्वीकार्दै विश्वासले जग्गा उपलब्ध गराएको माखिम सुनाउँछन् ।
स्वास्थ्य केन्द्र, सभागृह, कृषिथोक, बसपार्क, कवर्ड हल, डम्पिङ साइट, चिडियाखाना, चिस्यानकेन्द्र, हाईअल्टीच्यूट खेलमैदान, पशु बजार, कृषि भवन, आँखा अस्पताल, गाँउपालिका भवन, नापी, मालपोत लगायतका कार्यालयका लागि जग्गा निःशुल्क प्रदान गरिएको छ । जग्गा दिइएको ठाँउमा पूर्वाधार निर्माणको काम अघि बढाइएको माखिमले जानकारी दिए ।
रबि बजार भित्र २ किलोमिटर सडक पिच गर्ने कार्य सम्पन्न भएको छ । एक नम्बर प्रदेश सरकाको सहयोगमा सडक र नाली बनाउने कार्य सम्पन्न भए पछि रबि बजारको मुहार फेरीएको स्थानिय दिनेश खनाले बताए । प्रदेश सरकारको ५ करोड ८० लाख लागतले बजार भित्रको २३००मिटर सडक पक्कि गरि सकिएको छ । पूर्वाधारको निर्माण संगै मिक्लाजुङ आसपासबाट तराइ तर्फ बसाइसर्ने दर घट्दै गएको स्थानियहरु बताउछन् । रबि बजारमा ब्यापार गर्नेहरुको संख्यामा बृद्धि हुदै गएको स्थानिय ब्यापारिहरु बताउछन् । झापा,मोरङ तिरका ब्यापारिहरु पनि ब्यापारको लागी रबि बजारमा आउन थालेको प्रमुख माखिमले बताए ।
गाउँपालिकाले कृषकहरुरुको लागी पनि बिभिन्न प्याकेजहरु ल्याउदै गरेको छ । गाँउपालिकामा धेरै अन्न उत्पादन गर्नेलाई अनुदान सहयोग गर्ने योजना गाँउपालिकाबाट पारित गराइ लागु गरेका छन् ।
गत आर्थिक वर्षमा ४० मुरी भन्दा धेरै धान फलाउने किसानले १ लाख रुपैयाँ अनुदान बितरण गरेर कृषकहरुलाई परुोत्साहान दिन सुरु गरिएको माखिमले बताए । यस्तै, चार फुट अग्लो र २० फुट लम्बाईको थाङ्ग्रो मकै फलाउने किसानलाई पनि १ लाख अनुदान बितरण गरिएको थियो । यस्तै, ३५ मन देखि माथि आलु फलाउनेलाई प्रतिकेजी अनुदानको कार्यक्रम अन्तरगत प्रतिकेजी २० रुपैँया अनुदान दिइएको छ ।
कोलस्टोर र जुस फ्याक्ट्री बनाउन काम पनि सुरु भएको माखिमले बताए । गाउँपालिकाले नमुना कृषि फर्मका लागि ४२ रोपनी जग्गा किनेर काम शुरु गरिसकेको उनको भनाइ छ ।
सिचाई कुलोका योजना सञ्चालनमा रहेको गाउँपालिकामा पशुपालनका कार्यक्रम पनि अघि सारिएको माखिमले जानकारी दिए । कृषकलाई दिएका अनुदान सदुपयोग भए- नभएको अनुगमन गर्न वडा स्तरमै संयन्त्र बनाइएको उनले जानकारी दिए ।
रबि -राँके- भेडेटार सडक खण्ड निर्माणको चरणमा छ । बाटो निर्माणको कार्य धमाधम भइ रहेको छ। तर निर्माण कार्य सूस्त छ । सो सडक पक्कि बन्ने भए संगै स्थानियहरु अब रबि बजार सहर बन्नेमा आशाबादि रहेको स्थानिय पबिन सुब्बाले बताए । राँके बजार बाट १०० किलोमिटरको दुरिमा धनकुटाको भेडेटार रहेको छ । रबि-राँके-भेडेटार सडक खण्ड निार्माण भए पछि रबि बजारको सिधा सम्पर्क भेडेटार र धरान संग हुने हुदाँ यहाँका ब्यापारिहरु पनि आशाबादि रहेको स्थानिय ब्यापारि जय राईले बताए । सदरमुकाम फिदिमबाट केहि टाढा रहे पनि झापाको दमक संग रबिको सिदा सम्र्पक हुने गरेको छ । रबि बजारबाट झापाको दमक फाल्गुनन्द मार्गबाट ४२ किलो मिटरको दुरीमा रहेको छ । कोरोना बाट थला परेको मिक्लाजुङ समृद्धिको अभियान अब फेरी सुरु गर्ने अध्यक्ष माखिमले बताए ।
आश जगाउदै मिक्लाजुङ गाउँपालिका
आश जगाउदै मिक्लाजुङ गाउँपालिका
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस