राजु विष्ट । (पाँचथर ) पाँचथर ब्याटमिटन्ट संघद्धारा आयोजित शेरबहादु गुरुङ स्मृति ब्याटमिन्टन प्रतियाेिगताकाे उपाधि शैलेश आङदेम्बे र छाँया केरुङको जोडीले जितेका छन् ।
मंगलबारबाट पाँचथर सदरमुकाम फिदिममा सुरु भएको प्रतियोगिताको फाइन बुधबार भएको थियो । फाइनलमा भिम केरुङ र जय नेम्बाङको जोडीलाई २१-१९ र २१-९को सोझो सेटमा हराउदै शैलेश आङदेम्बे र छाँया केरुङको जोडीले जितेका हुन् ।
प्रतियोगितमा १८ टिमको सहभागिता रहेको थियो । प्रथम हुन् टिमले नगद ३० हजार र उपबिजेताले नगद १५ हजार प्राप्त गरेको आयोजकले जानकारी दिए ।