पाँचथर । ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपको उपाधीको लागी इलामको रेडहर्ष फुटबल क्लब र इटहरीको जुट विकास फुटबल एकेडेमी बिच आज प्रतिस्पर्धा हुदै छ । मंगलबार डिफेण्डिङ च्याम्पियन रेडस्टार फुटबल क्लब बिर्तामोड झापालाई ट्राईबेकरमा ५-४ ले हराउँदै रेडहर्ष फुटबल क्लब इलाम ताप्लेजुङ गोल्डकपको फाइजल प्रबेश गर्दै इटहरी सँगको भेट पक्का गरेको हो ।
इटहरीको जुट विकास फुटबल एकेडेमी पनि यस अघिनै ट्राईबेक्ररमा पथरी-११ स्पोटिङ क्लब मोरङलाई पराजित गर्दै फाइनल प्रबेश गरेको हो । दुबै टोली सेमीफाइनलमा ट्राईबेक्ररबाट नतिजा निकाल्दै फाइनल प्रबेश गरेका हुन् । दुवै टिममा नेपाली राष्ट्रिय फुटबल राष्ट्रिय टिममा यसअघि आबद्ध भइसकेका, डिभिजन लिग खेलेका र अनुभवी खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताका बिजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुनेले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
फाइनल खेलका जनही २ सय ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिए पनि दर्शकको माग अनुसार जनही २ सय मात्र निर्धारण गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका सचिव टिकेन्द्र नेपालीले जानकारी दिएका छन्। सेमिफाइनलका दुई खेलका लागि जनही २ सय रुपैयाँ र क्वाटर फाईनलका ४ खेलमा प्रवेश शुल्क जनही १ सय रुपैयाँ थियो।