मदन पुरस्कार २०७९ का लागि पाँचवटा पुस्तक छानिएका छन् ।
मदन पुरस्कार गुठीले सुविन भट्टराईकाे इजोरिया, विवेक ओझाकाे ऐँठन, द्वारिकानाथ ढुङ्गेलकाे चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईकाे थाङ्ग्रा र सञ्जय विष्टकाे माटाको घरलाई मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा समावेश गरेको हो ।
श्रेष्ठ सूचीमा समावेश भएकामध्ये एउटा पुस्तकले २०७९ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।