काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने भएको छ । आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोली पुल्चोकस्थित कार्यालयबाट फाइल र अभियुक्त लिएर निस्केको छ । स्रोतका अनुसार फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।
राजस्व अनुसन्धान विभागले आइतबारमात्र यो प्रकरणको सबै फाइल प्रहरीलाई बुझाउने निर्णय गरेको थियो । २ साउनमा विभागले त्रिभुवन विमानस्थलबाहिरबाट एक क्विन्टल सुन बरामद गरेको थियो ।
सो प्रकरणमा विभागले राजस्व चुहावट कसुरमा अनुसन्धान गरिरहेको थियो । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा संगठित अपराध पनि आकर्षित हुने भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए ।
सुन तस्करीको फाइल प्रहरी हेडक्वार्टरमा
सुन तस्करीको फाइल प्रहरी हेडक्वार्टरमा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस