पाँचथर– असारको सुरुवातमा गएको बाढि, पहिरोका कारण पाँचथरको विभिन्न ठाँउमा ठुलो क्षती पुर्याएको छ । खोला किनारमा रहेका खेतहरु बगाएपछि किसान चिन्तित छन् । कतै रोपाई गरिएको त कतै रोपाईको तयारी भएका खेतहरु बगाएको छ ।
कृषि क्षेत्रमा कति क्षती भयो भन्ने यकिन तथ्याङ्क सरकारी निकायसँग छैन् । तर किसानको खेत बगाएको पिरोलो खेपिरहेका बेला सरकारी निकायको धान दिवस भन्दै खेतमा रमाईलो गर्दै गरेको पाईन्छ ।
केहि तस्विहरु सार्वजनिक भईरहेका देखिन्छ । विगतमा खास किसानलाई हुर्मत गर्ने गरि धान दिवसको रमाईलो हुने गरेको आलोचना भईरहेका बेला विपदकै बेला यस किसिमको रमाईलो देखिन्छ ।
खास किसानहरु यसप्रकारको रमाईलो गर्न भ्याउँदैनन् । खेत बगाएका किसानको चिन्ता गम्भिर छ तर कृषि ज्ञान केन्द्र पाँचथरले हिलिहाङको भारपमा धान दिवस मनाएको छ । नेता, कर्मचारी, संघ, सस्थाका मान्छेहरुले रोपाई गरेको बाहानमा खेतमा रमाईलो गरेका छन् । विपद्मा किसानको पीडालाई यो रमाईलोले गिज्याईरहेको देखिन्छ ।
बाढिका कारण फाललेलुङ, फिदिम र याङवरक क्षेत्रका खेतमा ठुलो क्षती पु¥याएको छ । हेवा खोला किनारमा रहेका अधिकाश क्षेत्रका खेत बगाएको छ ।
खोला क्षेत्रमा धेरै किसानका खेत बगाएको छ भने धेरै ठाँउ सिचाई कुलोमा क्षती बनाएको छ । तर कतिको क्षती भयो भने यकिन तथ्याङ्क उपलब्ध हुन सकेको छैन् ।
‘अन्य भौतिक संरचनासँगै खेतियोग्य जमिन धेरै बगायो’ फालेलुङको घुमाउनेटार क्षेत्रमा देखाउँदै स्थानीय प्रकाश केरुङले भने ‘पारि पारिसम्म खेत थियो । सबै बगायो ।’
उनले भनेझै हेवा खोलाले फालेलुङदेखि फिदिमसम्म खेतीयोग्य जमिन बगाएको छ । बाढि र पहिरोले विभिन्न क्षेत्रका खेत बगाएको देखिन्छ । ‘यतिबेला धान हरियो फर्किने बेला हुन्थ्यो । अहिले खेतैत बगायो’ सास्टारमा भेटिएका किसान दिपेन्द्र केरुङले भने ‘खेत बगायो, कुलो बगायो । हामीलाई त रुवाबासीनै गरायो नी ।’
याङवकर गाँउपालीकाका विभिन्न क्षेत्रमा पनि क्षती पुगेको देखिन्छ । किसानलाई राहतका लागि सरकारी ध्यान पुग्न सकिरहेको देखिदैन् ।
‘खेत थियो, अहिले बगर भयो । बर्षभरी खाने धान फल्थ्यो’, मेमेङकी किसान देउकुमारी गिरिले भनिन् ।
विपदका कारण सयौँ ठाँउ सडक विग्रिएको छ । पुल भत्काएर आवागमन ठप्प छ । ठाँउ ठाँउमा मान्छेहरु विस्तापित छन् । किसानको खेत बारि बगाएको छ । किसानका लागि विशेष प्याकेज आवश्यक भएका बेला सरकारी निकाय धान दिवसको औपचारीकता निभाई रहेको छ ।