काठमाण्डाैं । काठमाडौंसहित बागमती प्रदेशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । केही ठाउँमा हल्का अनि केही ठाउँमा मध्यम वर्षा भइरहेकाे छ । धेरै ठाउँमा राति पनि पानी परेकाे थियाे ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशका धेरै ठाउँमा यसैगरी पानी पर्ने छ । कतिपय स्थानमा आकाश गडगडाउँदै वर्षा हुने छ भने कतैकतै चट्याङ हान्ने सम्भावना पनि छ ।
बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान छ ।
आज राति पनि धेरै ठाउँमा पाी पर्न सक्छ । कोसी, मधेस, बागमती, सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षा हुने महाशाखाले जनाएको छ ।
वर्षासँगै खोलाबाढी र पहिरोको जोखिम बढ्ने भएकाले विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । बर्खा लागेसँगै नेपालमा हरेक वर्ष पहाडमा बाढी, पहिरो र तराईमा डुबानले जनधनको क्षति गर्दै आएको छ ।