पाँचथर । सदरमुकाम फिदिममा जिल्ला स्तरीय बृद्धिचाल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिती पाँचथर र पाँचथर जिल्ला बृद्धिचाल संघको आयोजनामा आगामी असार १५ गते देखि १६ गतेसम्म फिदिममा जिल्ला स्तरीय बृद्धिचाल प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति पाँचथरले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि सो कुराको जानकारी दिएको हो । प्रतियोगितालाई कोशी प्रदेश बुद्धिचाल संघले प्राविधिक सहयोग गर्नेछ ।
विभिन्न चार विधामा हुने बुद्धिचाल प्रतियोगिताका खेलाडीहरुलाई एक लाख ६६ हजार नगद पुरस्कार दिईने खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । उनका अनुसार खुल्ला अन्तर्गत प्रथमदेखि तेह्राै स्थानसम्म हुने खेलाडीलाई नगद सहित पुरस्कार दिईनेछ । प्रथम हुनेले नगद २५ हजार, दोस्रोले नगद २० हजार, तेस्रो हुनेले नगद १५ हजार, चौथो हुनेले नगद १२ हजार, पाँचौ हुनेले नगद १० हजार, छैठौं हुनेले नगद ९ हजार र सातौं हुनेले नगद ८ हजार,आठौ हुनेले नगद ७ हजार, नवौ देखि तेह्राै सम्मले ६ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी उत्कृष्ट बयोबृद्धा तर्फ ( ५५ वर्ष माथि) नगद ६ हजार , उत्कृष्ट जुनियर तर्फ ( १६ वर्ष मुनी) र महिला तर्फ प्रथम हुनेले समान ६ हजार पुरस्कार पाउनेछन् । जनप्रतिनिधि तर्फ उत्कृष्ट हुनेले नगद ६ हजार पुरस्कार पाउने मोक्तानले जानकारी दिए ।
पाँच लाख वढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा पाँचथर जिल्ला भरीका १०० जनाभन्दा वढी खेलाडीको सहभागीता रहनेछ ।