काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । एक मिडियाको फेसबुक पेजबाट उक्त अडियो लिक गरिएको हो ।
यस्तो छ लिक भएको अडियो
दुर्गा प्रसाईं र सांसद श्रेष्ठबीचको पौने ११ मिनेट लामो अडियो सार्वजनिक भएपछि अहिले रास्वपा र सासंद श्रेष्ठको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पार्टीले सांसद श्रेष्ठलाई निलम्बन समेत गरेको छ ।