दिपक बोहोरा ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७० को संसोधन २०७९ को प्रस्तावनामामै संघीय प्रणाली अनुरुप विद्यालय तहमा अध्ययनरत विद्यार्थी (खेलाडी) हरुलाई खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नका लागि आयोजना हुने राष्ट्रपतिरनिङ शिल्ड प्रतियोगितालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन वाञ्छनीय भएकोले, नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले यो निर्देशिका जारी गरेको छ । प्रष्ट लेखिएको छ ।
तर, हचुवाको भरमा बिना तयारी बुधबारबाट पाँचथरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएका छ । आठ स्थानिय तह रहेको पाँचथरमा निजि र सामुदायिक स्कुलका बिद्यार्थिहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी रहेका छन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रत्येक स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनौट भई आएका सबै खेलका खेलाडीहरु बीच आ-आफ्नो समूहमा जिल्लास्तरमा हुने अन्तर स्थानीय तह खेलकुद प्रतियोगितालाई हो । यतिको ठुलो खेलकुद प्रतियोगितालाई जिल्ला खेलकुद विकास समितिले हचुवाको भरमा अयोजना गरेको हो ।
प्रस्तावनामानै प्रष्ट भनिएको छ कि “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” भन्नाले चालु शैक्षिकसत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष भन्दा मुनिका छात्र/छात्राहरू बीच आ-आफ्नो समूहमा हनुे प्रतियोगितालाई सम्झनु पर्छ ।तर, पाँचथरमा आयोजकको व्यवस्थापन कमजोर बन्दा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष भन्दा मनिु का छात्र/छात्राहरू प्रतियोगिता खेल्नबाट बन्चित हुने अवस्था छ । आयोजकको कमजोरीको कारण केहि पालिकाले प्रतियोगितामा सहभागी समेत भएको छैन् । सहभागी भएका विद्यालयहरुलाई समेत आयोजकको भुमिका राम्रो नहुँदा मैदान बाहिर बिबाद हुने गरेको छ ।
पाँचथरमा ८ स्थानियतहका बिभिन्न बिद्यालयहरुबाट ११३ स्वणर् पदकमा प्रतिस्पर्धा हुने छ । फिदिम १० मा रहेको खलङगा मा.बिको खेलमैदानमा हुने प्रतियोगिता उद्घाटनको दिनबाटै बिबादित बनेको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको कमजोर व्यस्थापनको कारण उद्घाटनको दिननै प्रतियोगिता बिबादि बनेको हो । प्रतियोगिता १० बजे पछि उद्घाटन् गर्ने भने उद्घाटन अगाडी उस्सु र दैडका खेलहरु आयोजकले आयोजना गरे पछि प्रतियोगितामा बिबाद भएको हो ।
बिबाद हुँदा मिक्लजुङ खेलकुद विकास समितिले प्रतियोगितानै बहिस्कार गर्ने अवस्था आएको थियो । आयोजकको समन्वय र सहकार्यकको अभावमा प्रतियोगिताको उद्घाटनको दिननै बिादित बनेको छ ।१० बजे अगाडी खेल सुरुभए पछि मिक्लाजुङ र फालेलुङ का खेलाडी विद्यार्थीहरु प्रतियोगितामा सहभागी हुन पाएन्न । यस बिषयमा आयोजक संग बुझ्दा पालिकाको कमजोरीले सहभागी हुन नपाएको गैर जिम्बेबार जवाफ दिएर पन्छिने गरेका छन् ।
बुधबार बिहान १० बजे प्रतियोगिता उद्घाटन् हुने भए पनि आयोजकले बिहान ८ बजेबाटै खेल सुरु गरेका थिए । आयोजकको कमजोर ब्यपस्थापनको कारण भलिबल, जम्प लगायतका खेलकुदका गतिबिधिहरु रोडा भएको मैदानमा आयोजना भएको छ । रोडाका कारण खेलाडीहरु चोटील बन्ने अवस्था छ । मैदानको अवस्था लगायतका धेरै काराण प्रतियोगिताको पहिलो दिननै अस्तव्यस्त बनेको थियो ।