पाँचथर– पाँचथर बहुमुखी क्याम्पस सहित पाँचथथरका चारवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सहमतिमा नेतृत्व चयन गर्न विद्यार्थी संगठनहरु बिच सहमति भएपछि सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया अघि बढेको छ ।
यहाँ विद्यार्थीहरुले प्रतिनिधित्व हुने गरी सहमति गरेका हुन् । पाँचथर बहुमुुखि क्याम्पसको नेतृत्व नेविसंघको, थपु र यासोक क्याम्पसको नेतृत्व अनेरास्वीयू र रवि क्याम्पसको नेतृत्व अखिल क्रान्तीकारीले गर्ने गरी सहमति भएको हो । पदाधिकारी सदस्यमा सबै क्याम्पसमा विद्यार्थीसंगठनको प्रतिनिधित्व हुने गरी भागबण्डा गरीएको छ ।
पाँचथर बहुमुखि क्याम्पस, यासोक र थर्पु क्याम्पसमा शनिवार सहमतिमा मनोनयन दर्ता भएको छ भने रविमा आईतवार दर्ता हुने छ ।
पाँचथरको पुरानो तथा धेरै विद्यार्थी भएको पाँचथर बहुमुखि क्याम्पसको नेतृत्व नेपाल विद्यार्थी संघले पाएको छ । नेविसंघबाट अध्यक्ष पदमा मुना नेपाली सर्वसम्मत सभापति भएकी छन् । निर्वाचन समितिले औपचारीक घोषणा गर्न बाँकि रहेको छ । २०६३ पछि पाँचथर क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । लामो समयदेखि नेतृत्व विहिन रहेको स्ववियुले पहिलो पल्ट महिला नेतृत्व पाएको छ । उनी विएड चौथो बर्षमा अध्ययनरत रहेकी छन् ।
विद्यार्थी हकहित संरक्षणको लागि पर्ने उनले प्रतिवद्धता सुनाईन ।
समितिको उपसभापतिमा अनेरास्यबियुका उमेश सुवेदी, सचिवमा अनेरास्यबियु क्रान्तिकारीका प्रबेश राई, सह—सचिवमा एकिकृत समाजवादी निकट अनेरास्यबियुका बिशाल राई र कोषाध्यक्षमा संघीय बिद्यार्थी युनियनकी रोजा जबेगु चयन भएकी छन् ।
सदस्यमा राप्रवि संघका राजेन्द्र मेयोङ्बा र आकृति थाम्सुहाङ, नेविसंघका कञ्चन योङ्हाङ र सुनिता न्यौपाने, समाजवादी बिद्यार्थी युनियनका बुद्धराज लिम्बू, अनेरास्यबियु क्रान्तिकारीका सन्दिप सुहाङ, अनेरास्यबियुका मञ्जु अधिकारी, दिनेश केरुङ, कबिता आचार्य र कोपिला आचार्य चयन भएका हुन् ।
रवि, थर्पु र यासोक क्याम्पसमा पहिलो पल्ट स्वतन्त्र विद्यार्थी युनियन बनेको हो ।