सरला रेग्मी,सुनसरी
धरानको बिजयपुर चोकमा टेम्पुमा भेटिएका एक नव बिबाहित जोडि बुढासुब्बा मन्दिरमा भाकल चढाउन आएका रे, तीन बर्ष अगाडि बुढासुब्बा मन्दिर प्रागणमा भएको बाँसको बाहिरपट्टि घागो बाधेका कारण प्रेम सफल भएको बिश्वास उनिहरुको ओठमा देखिन्थ्यो ।
बिश्वमा तेस्तो थुप्रै ठाउँ छ, जहाँ प्रेमिप्रेमिकाले बिश्वासको धागो बाधेका छन् । पेरिसको पोन्टडेज आट्स,जहाँ प्रेमिप्रेमिकाले तालामा आफ्ना प्रेमिपेमिकाको नाम लेख्ने, लक लगाउने अनि सेइन नदिमा चाबी फ्याक्ने प्रचलन छ । यसो गरे प्रेम सफल हुने पेरिसबासी मान्यता राख्छन् ।
तेस्तै जर्मनिको कोलोनमा पनि ताला लगाएर चाबी फ्याक्ने गरिन्छ । प्रेमको निशानिको रुपमा उभिएको ताजमहल बारे त सबै जानकार नै छौ । नेपालको पाल्पा र स्याङ्जाको सिमानामा पर्ने रानीमहल दरबारपनि प्रेमको प्रतीक मानिन्छ ।
यस्तै प्रेमिल बिश्वास बोकेको सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाको १४ नम्बर वार्डमा रहेको बुढासुब्बा मन्दिर पुर्वको किराँती तथा गैरकिराँतीको आश्थाको बिन्दु हो । यो मात्र धार्मीक स्थल नभएर यसै मन्दिर प्रागणमा झ्याम्म परेको हरियो बाँसको वरिपरि लेखिएको नामले प्रेम प्रतिको बिश्वास झल्काउँछ ।
यहाँ अझै प्रेमिप्रेमिकाको नाम सुरक्षित भेटिन्छन् । त्यहाँ भएको हरेक बाँसले प्रेम प्रतिको बिश्वास झल्काउँछ । या भनौ बाँसमा नाम लेख्दा प्रेम अमर हुने बिश्वास देखाउँछ ।
यहीँ बुढासुब्बा मन्दिरभित्रको प्रेमिल प्रचलनलाई सम्बोधन गर्दै स्थानिय गायक सबिन राईले ‘गुराँसको फेदमुनि’ बोलको गीतमै भनेका छन् ।
‘आजै गई बुढासुब्बा लेखौँ नाम बाँसैमा !
कत्ति बस्नु म तिमी आउने आशैमा।।’
टेम्पुमा भेटिएका एक नव बिबाहित जोडिको प्रेम एक अर्काप्रतिको समर्पण हो या बाँसमा बाधेको धागोको प्रभाव, उनिहरुको सम्बन्ध प्रेमी प्रेमीबाट श्रीमान्–श्रीमतीमा सफल भयो ।
यसैगरी बुढासुब्बा परिषद्को बाँसलाइ साक्षी राखेर प्रेम गर्ने अनि सम्बन्ध सफल बनाउन भाकल गर्ने जोडी धेरै भेटिछन् । मन्दिर पुग्ने र बाँसमा नाम लेखेर सम्बन्ध अमर होस् भन्ने कामना गर्नेहरूको अहिले पनि उत्तिकै बिद्यामानता रहेको छ ।
ती प्रेमी प्रेमिका को थिए होलान् जस्ले पहिलो पल्ट बाँसमा नाम कोरेका थिए ?
यी मध्धे कुन बाँस थियो होला जसले आफ्नो छातिमा प्रेमिप्रेमिकाका नामलाई कुदेको थियो?
के तिनिहरुको प्रेम सफल भयो होला?
यी प्रश्नको जवाफ कसैले दिनसक्दैन,यदि कसैले दिन सक्छ त मात्र कि त्यो बाँसले कि ती प्रेमिप्रेमिकाले । नयाँ ठाउँबाट आएका हजारौ दर्शनार्थी र प्रेमिल जोडिमा कौतुहलता कम बिश्वास धेरै देखिन्छ । प्रेम गर्नेको प्रेम प्रतिको ब्याख्या फरक फरक पाइन्छ । कोहि प्रेमलाइ सुख जोड्ने धागो भन्छन् अनि कोहि प्रेमलाइ स्वतन्त्र ठान्छन् । प्रेम सम्बन्धी कथा, उपन्यास,कबिता कति प्रकासित भए भनी साध्य छैन ।प्रेमको साक्षि मानिने विभिन्न किम्बदन्तिहरु बिश्वभरी नै रहेको छ । प्रेम प्रतीको आश्था र भाव नामेट छ ।
बुढासुब्बा मन्दिरको देब्रेपटी सेउती खोलाले सुसेली हालेको छ। चराका चिरबिर आवाज अनि शान्त सुनसान केही सुनिन्छ त मात्र घण्टीको आवाज , सुनसान परिषद्मा ती नाम पनि गुमनाम छन् । आएका आगन्तुकलाई चिहाउँछन् कतै मेरो छातिमा नाम लेख्ने त आएनन् । बेखवर छन् ती बाँसहरुपनी सोध्न के तिमिहरुको प्रेम सफल भयो?
झ्याम्म परेको बाँस झ्याङ छेउमा अवस्थीत मन्दिर बुढासुब्बा नाम बाट प्रचलित छ । १८२९/३० तिर गोर्खा राज्य सङ सम्झौता गर्ने व्यक्ती यिनै सिद्ध पुरुष बुद्दिकर्ण राई जो बिजयपुर राज्यका मन्त्री थिए भन्ने बारे इमानसिङ चेम्जोङले किराँतकालिन बिजयपुरको इतिहास भन्ने कितावमा यस मन्दिर र यिनै सिद्दपुरुषको बारे बर्णन गरेको पाइन्छ। बुढासुब्बा मन्दिरबारे स्थानियको पनि छुटै मान्यता रहेको पाइन्छ । बुढासुब्बा भन्ने व्यक्ति सिद्दपुरुष थिए। जो शिकारको लागि त्रिशूल,माला, गुलेली मट्याङ्रा लिएर हिड्थे र कोहि केटाकेटी बिरामी पर्दा त्यहीँ मट्याङ्रा घोटेर चटाउदा निको हुन्छन् भन्ने जनस्मृती रहेको बताईन्छ्। जब यी सिद्धपुरुषले समाधिमा लिन भए तब उनको गुलेली शिरमा राखेर लिन हुँदा त्यहीँबाट बाँस उम्रीएको र यहाँको बाँसको टुप्पो नभएको भन्ने जनस्मृती रहेको स्थानिय बौद्धिक व्यतित्व धरान महेन्द्र बहुमुखी क्याम्पसका पुर्व सह प्राध्यापक राजेन्द्र शर्मा बताउनुहुन्छ।
शनिवारको दिन हजारौ संख्यामा दर्शन गर्न आँउने जोडिले प्रेमिल बिश्वास गरेको देखिन्छ । यी बाँसमा कहिले देखि नाम लेख्न थालियो यसबारे स्थानियपनी जानकार छैनन् ।तर,बाँसमा नाम लेख्ने क्रम बढेसँगै बाँस मर्न थालेपछि बाँसलाई संक्षरण गर्न नाम लेख्न मन्दिर समितिले रोक लगायो । अहिले बुढासुब्बा मन्दिरमा पुजा गरी बाँस घेरिएको स्थानमा धागो बाँध्रने चलन शुरुभएको छ । यसरी धागो बाध्दा प्रेमी प्रेमिकाहरूको प्रेम सफल हुन्छ भन्ने बिश्वास गरेको पाइन्छ ।
कति को सफल भयो त्यस्को तथ्यांक नभेटिएला । तर यहाँ आँउने जोडिले प्रेमलाई अमर बनाउन धागो बाध्ने गरेका छन्
प्रेम, एक अनुभूति हो, जुन यहाँ प्रष्ट देखिन्छ । प्रेमको कुनै रुप हुँदैन, रंग हुँदैन । तरपनि प्रेम एकनास हुँदैन । भनिन्छ, प्रेम थरीथरीका हुन्छन् । यिनै थरी थरी प्रेमका थरी थरी नाम भेटिन्छ बाँसको बगानमा अनि बिश्वास भेटिन्छ ।
प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’ — विलियम सेक्सपियरको यो भनाईले प्रेमलाई देह र देहसँगमात्र सम्वन्धित नभै आत्मियतासँग जोड्न खाजेको पाईन्छ । प्रेम आत्माको शाश्वत गुण हो । जसको कारण हामीलाई खुशी प्राप्त हुन्छ ।
युवाहरुको माझ प्रेम सम्बन्ध प्रगाढ हुने भन्ने भनाइले बुढासुब्बा मन्दिर चर्चित छ । त्यसो त देशका विभिन्न ठाउँबाट प्रेमीप्रेमीकाहरु आफ्नो नाम बाँसमा कुँद्न र बाँसको फेदमा ध्वजा बाध्न आउने गरेको स्थानिय बताउछन् ।
प्रेम न हो। कसैले ताज महलमामा प्रेमको अस्तित्व खोज्यो त कसैले रानीमहलमा। कसैले नाम लेखेर बन्द गरे ताला अनि फ्यालिदिए चाबी नदिमा । जस्ले रानी महल र ताज महल बनाउन सकेनन् उनिहरुले अनकन्टार ठाउँको ढुङ्गा र सुनसान जङ्गलको रुखमा पनि नाम खोपाउँदै सम्बन्ध सफलताको कामना गरे नै होला । फेब्रुअरी ७ देखि प्रेम हप्ता सुरुहुन्छ । हुन त तर्क गर्नेले प्रेमलाई केही दिनमा सिमित पार्न सक्दैनन्,प्रेम सिमित पार्ने बस्तु पनि होइन ।
सेन्ट भ्यालेन्टीनको प्रेम सम्झेर सुरु भएको भ्यालेन्टाइन डे नेपाली समुदायमा प्रेम दिवसमा अनुवाद भएपनी प्रेम प्रतिको बिश्वासको धागो बाध्न बुढासुब्बा पुग्ने क्रम बद्लिएको छैन । प्रकृतिविद्ले टुप्पो बिनाको बाँस, बाँसको प्रकार माने पनि प्रेमिप्रेमिकाले आफ्नो नाम लेखेर यस स्यानलनई प्रेमिल बनाइका छन्। सम्बन्ध उचाईमा पुग्ने बिश्वास गरेका छन् ,अनि धागो बाँध्दै सम्बन्ध कसिलो होस् भन्ने कामना गर्नेहरू अझै पनि त्यहीँ बाँसको समिपमा भेटिन्छन् ।