सरला रेग्मि (सुनसरी)
यस बर्षको ३५ औं चरा गणना सकिएको छ । यो बर्षको गणनाबाट कोशिटप्पु वन्यजन्तु आरक्ष सेरोफेरोका सिमसार क्षेत्रमा ५६ प्रजातिका ७ हजार ५ सय ७३ जलपन्छि भेटिएका छन् । जुन अघिल्ला बर्षहरुको तुलनामा १.१९ प्रतिशतले कम हो ।
यस क्षेत्रमा जनवरी ७ देखि ११ सम्म जलपन्छी चरा गणना गरिएको थियो।फेब्रुअरी २ अर्थात माघ १९ गते सिमसार दिवशको अवसर पारेर आगन्तुक चराको बिवरणको अभिलेख सार्वजनिक गरिएको हो। कुल १ सय ७५ वर्ग किलोमिटरमा फैलिएको यो आरक्षले प्रदेश १ को सुनसरी र उदयपुर तथा प्रदेश २ को सप्तरी जिल्लाका भूभागलाई समेट्छ ।
यहाँ मंसिर १५ देखि पुस १५ सम्ममा भारत तथा साइबेरीयबाट चराहरु बसाईसराई गरि आउँछन् । यस बर्ष लेजर विस्टिङ डक(सिलसिले चरा) १ हजार १ सय६९ चखेवा ८ सय ७४ क्याटल इगरेट ( बस्तुबकुल्ला),८ सय ३२,आसकोटे बकुल्लो ५ सय७९,राज हुट्टिट्याउ (ग्रे हिडेड ल्यापिङ) ५ सय १५लिटल कोर्मोरेन्ट(सानो जलेवा)४ सय८९, लामा औंले ४ सय ४१ पाइएको कोशी टप्पु वन्यजन्तु आरक्षले जनाएको छ।
मंसिर १५ देखि पुस अन्तिम सम्ममा कोशिटप्पु क्षेत्रमा आएका आगन्तुक चरा फर्किसकेका छन् । बराहक्षेत्रको चतरास्थित कोशी पुलबाट राजाबास हुँदै दक्षिण कोशी ब्यारेजसम्मको क्षेत्र, कोशिटप्पु आरक्ष क्षेत्रमा जलमार्ग र सडकमा गणना भएको थियो। । गणनाको क्रमम सुनसरिको बर्दितालमा ४ हजार ९७ संख्यामा चराको उपस्थिति देखियो । कोशिटप्पु वन्यजन्तु आरक्षका का.मु प्रमुख संरक्षण अधिकृत रमेश कुमार यादवले भने यो निकै राम्रो उपस्थिती हो ।
गणनाको सुरुमा चतरा दक्षिण सिसौलीघाट क्षेत्रमा खोया हाँस ४२ संख्यामा,चखेवा २०० वटा र अत्यन्तै दुर्लभ मानिने ग्रेटर ह्वाइट फ्रन्टेड गुज एक जोडा,कालो गरुड देखिएको थियो । कोशी पन्छि समाजको अगुवाईमा संरक्षणसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिथिगरि जम्मा ३५ जना गणनामा सहभागी छन् । कोशिटप्पु आरक्षलाई चराको स्वर्ग भुमिका रुपमा पनि चिनिन्छ । यो आरक्षमा स्थापनाकाल देखि नै यहाँ चराका विषयमा खोज अनुसन्धन तथा चरा गणना हुँदै आएको छ ।
कोशिटप्पु वन्यजन्तु आरक्ष तथा आसपासमा चराको संख्या बढ्न सक्ने देखिएपनी पहिलाको तुलनामा आगन्तुक चरा नदेखिएको कोशी पन्छि समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार अनिल तिम्सिनाले बताए । बिशेषगति सगरमाथाको उचाईभन्दा माथिबाट उडेर आउँने खोया हासको झुण्ड गणनाको क्रममा देखिएको थियो। रसिया,साइबेरिया,साइप्रस र उत्तरीभेगबाट जाडो छल्न ,बच्चा जन्माउन र हुर्काउन आउने गरेको छ । प्रत्येक वर्ष यसै समयमा यहाँ हप्तौँ लगाएर चरा गणना गरिन्छ।
कोशीटप्पु वन्यजन्तु आरक्षको रेकर्डमा नेपालमा जाडो र गर्मी याममा चीन, तिब्बत, श्रीलङ्का, इण्डोनेसिया, भारत र साइबेरीया लगायतका देशबाट चराहरू आउने गरेका छन्। कोशिटप्पु आरक्षको अघिल्लो बर्षको रेकर्डमा ५९ प्रजातिका चरा छन् भने अघिल्लो बर्ष ७ हजार ६ सय ६४ संख्यामा आगन्तुक चराले उडान भरेका थिए ।
बासस्थानको क्षति र परिवर्तन, चाेरि शिकार , नदिनालामा बिषादि प्रयाेग गरि माछा मार्ने कार्य, कृषि रसायनको अत्यधिक प्रयोग, बिध्युत सप्लाईकाे लागि पावरलाइन, आदि जस्ता कारणहरुले पंक्षीको आवागमन तथा जीवनशैलीलाई असर गरेको राष्ट्रिय प्रकृति संरक्षण काेष काेशी संरक्षण केन्द्रका प्रमुख बिरेन्द्र गौतमले बताए ।