सरला रेग्मी
सुनसरी। कोशिटप्पुमा हरेक बर्ष चरा गणना हुने गरेको छ । यसबर्षको जलचरा गणना पुस २३ गते शनिवार देखि शुरुगरिएको छ ।बराहक्षेत्रको चतरास्थित कोशी पुलबाट राजाबास हुँदै दक्षिण कोशी ब्यारेजसम्मको क्षेत्र, कोशिटप्पु आरक्ष क्षेत्रमा जलमार्ग र सडकमा गणना हुँदै छ ।
सुनसरिको बर्दिताल,बेतना र उर्लाबारी क्षेत्र जहाँ चराको सम्भावित क्षेत्र छ त्यहाँपनि चरा गणना हुने कोशी पंक्षि समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार अनिल तिम्सिनाले बताए । यो समय अर्थात मंसिर १५ देखि पुस अन्तिम सम्म बिहान र बेलुकाको समय चरा हेर्न जान उत्तम मानिन्छ ।
कोशी टप्पु बन्यजन्तु आरक्ष चराहरुको राजधनी हो । कुल १ सय ७५ वर्ग किलोमिटरमा फैलिएको यो आरक्षले प्रदेश १ को सुनसरी र उदयपुर तथा प्रदेश २ को सप्तरी जिल्लाका भूभागलाई समेट्छ । यहाँ विभिन्न समयमा भारत तथा साइबेरीयबाट चराहरु बसाईसराई गरि आउँछन् ।
हिजोबाट गणना सुरु भएदेखी चतरा दक्षिण सिसौलीघाट क्षेत्रमा खोया हास ४२ संख्यामा,चखेवा २०० वटा र अत्यन्तै दुर्लभ मानिने ग्रेटर ह्वाइट फ्रन्टेड गुज एक जोडा,कालो गरुड देखिएको तिम्सिनाले बताएका छन् । कोशी पंक्षि समाजको अगुवाईमा संरक्षणसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिथिगरि जम्मा २५ जना गणनामा सहभागी छन् ।
कोशिटप्पु आरक्षलाई चराको स्वर्ग भुमिका रुपमा पनि चिनिन्छ । यो आरक्षमा स्थापनाकाल देखि नै यहाँ चराका विषयमा खोज अनुसन्धन तथा चरा गणना हुँदै आएको छ । कोशिटप्पु वन्यजन्तु आरक्ष तथा आसपासमा चराको संख्या बढ्न सक्ने देखिएपनी पहिलाको तुलनामा जति देखिनुपर्ने हो त्यो संख्या नहुन सक्ने बताएका छन् ।
बिशेषगति सगरमाथाको उचाईभन्दा माथिबाट उडेर आउँने खोया हासको झुण्ड गणनाको क्रममा देखिएको छ । रसिया,साइबेरिया,साइप्रस र उत्तरीभेगबाट जाडो छल्न ,बच्चा जन्माउन र हुर्काउन आँउने गरेका छन्।
प्रत्येक वर्ष यसै समयमा यहाँ हप्तौँ लगाएर चरा गणना गरिन्छ । यो बर्षको गणनापनी पुस २३ देखि पुस २९ गतेसम्म हुने बताएका छन् ।
फेब्रुअरी २ देखि चरा महोत्सवको अवसरमा यहाँ चराको संख्या कति छ र? गत वर्षको तुलनामा कति चरा बढे वा घटे रु नयाँ प्रजातीका चराहरु कति आए रु र कुन कुन ठाउँबाट चराहरु कोशी आए भनेर तथ्यहरु बारे जानकारी दिने तिम्सिनाले बताएका छन् । तिनै तथ्याङ्कको आधारमा कोशीमा अहिले चराको संख्या घट्दै गएको या बढ्दै गएको भन्ने थाहापाइने छ ।
कोशीटप्पु वन्यजन्तु आरक्षको रेकर्डमा नेपालमा जाडो र गर्मी याममा चीन, तिब्बत, श्रीलङ्का, इण्डोनेसिया, भारत र साइबेरीया लगायतका देशबाट चराहरू आउने गरेका छन्। रेकर्डमा ५ सय ३१ प्रजातिका चरा छन् । बासस्थानको क्षति र परिवर्तन, शिकार र शिकार, माध्यमिक विषाक्तता र कृषि रसायनको अत्यधिक प्रयोग, पावरलाइन, आदि जस्ता प्रमुख खतराहरूले पक्षी जीवनशैलीलाई असर गरेको बिज्ञहरु बताउछन् ।