पाँचथर । २०७० मा दोश्रो सविधान सभाको चुनाव मुखमै पाँचथरमा काँग्रेसका जिल्ला कोषाध्यक्ष र तत्कालिन क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति तिलबिक्रम चेम्जोङ लगायतका नेताहरुले पार्टि परित्याग गरे । चुनाबमा होमिएको नेपाली कांग्रेसलाई ठुलो क्षति भयो । नेताहरु गुमाए पनि २०७० मा दोश्रो सविधान सभाको चुनावमा पाँचथरको क्षेत्र नम्बर २ मा कांग्रेसले जित्यो । कांग्रेसका उम्मेद्धार भिष्मराज आङदेम्बेले पहिलो पटक संसदिय चुनाब जिते ।
२०७० मा तिनै उम्म्मेद्धार कांग्रेसका उम्मेद्धार भिष्मराज आङदेम्बलाई छाडेर अन्य पार्टिमा गएका नेताहरु ९ वर्ष पछि तिनै कांग्रेसका प्रतिनिधि सभाका उम्मेद्धार भिष्मराज आङदेम्बलाई जिताउन २०७९ सालमा कांग्रेस फर्किएका छन् । सोमबार एक कार्यक्रम आयोजना गरी काँग्रेसका केन्द्रीय सह महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्धार भीष्मराज आङ्देम्बेले पार्टी प्रवेश गराएर स्वागत गरेका हुन् ।
जसपाका केन्द्रीय सदस्य प्रविण नेम्बाङ, केन्द्रीय लेखा समिति सदस्य डीएम आङ्देम्बे, केन्द्रिय परिषद सदस्य महेन्द्र कुमार नेम्बाङ (मलिशा), तिलबिक्रम चेम्जोङसहित दर्जनौ नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।
पार्टी नेतृत्वमा स्वेच्छाचारिता हाबि भएको, संगठन निर्माणमा उदासिनता देखाएको र संगठनलाई बिसर्जनको बाटोतर्फ लगेको आरोप लगाउदै उनीहरुले एक महिना अघि पार्टी परित्यागको घोषणा गरेका थिए ।