दिपक बोहोरा ।
जग्गा प्राप्तीको दुइ दशक पछि निर्माण सम्पन्न । दुई पटक उद्घाटन् । तर, अझै पनि बसपार्क सञ्चालन हुन सकेन । यो पाँचथर सदरमुकाम फिदिममा रहेको फिदिम बसपार्कको कथा हो । करिब २ करोड लागतमा निर्माण सम्पन्न भएको फिदिम वसपार्क निर्माण हुननै दुइ दशक लाग्यो । बिभिन्न बहानामा निर्माण हुन नसकेको बसर्पाक ५ वर्ष अघि निर्माण सम्पन्न भयो । तर, बसपार्क सञ्चालन भने हुनसकेको छैन । बजारबाट करिव दुई किलोमिटरको दुरीमा रहेको स्थाई बसपार्कमा गाडी पुग्दैनन ।
फिदिम नगरपालिका -२ मा निर्माण भएको बसपार्क सञ्चालन नहुँदा राजमार्गमै सवारी साधन अव्यस्थित तरिकाले पार्किङ गर्न व्यवसायी बाध्य छन् । भौतिक पूर्वाधार निर्माण सम्पन्न भइसके पनि सञ्चालन नहुँदा लामो तथा छोटो दूरीमा चल्ने सवारीहरु मुख्य सडकमै पार्किङ हुने गरेको छ । बसपार्क सञ्चालन नहुँदा फिदिम बजारको मुख्य सडकमै जताततै सवारी साधन पार्किङ हुने गरेकाले सवारी साधनको आवागमनमा समस्या हुनाका साथै दुर्घटनासमेत हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख दिपक दुलाल बताउछन् ।फिदिम बजारमा यातायात व्यवसायीहरू मुख्य सडक, ग्यारेज र आफन्तको घरमा सवारी राख्छन् । धेरैजसोले सडक छेउमै पार्किङ गर्ने गरेर राख्ने गरेका छन् । यथेष्ट ठाउँसहितको बसपार्क हुँदाहुँदै राजमार्ग दायाँबायाँ जथाभावी पार्किङ गर्न थालेपछि फिदिम बजार अस्तव्यस्त हुँदै गएको छ ।
फिदिम नगरपालीका २ पल्लोटारमा स्थानियबासीहरु सुबिधा सम्पन्न बसर्पाक सञ्चालन नहुँदा निरास छन् । स्थानियहरुले बसपार्कका प्रयोजनको लागी करिब साढे सात रोपनी जग्गा जग्गा निशुल्क उपल्बध गराएका थिए । निशुल्क जग्गा दिएर वसपार्क सञ्चालन हुने आशमा बसेका स्थानियहरु निराश हुन थालेका छन् । पटक पटक बसपार्क सञ्चालन हुने आश्वासन पाएका स्थानियहरु निराश भएका हुन् । बसपार्क निर्माण भइसकेको लामो समय हुँदा पनि बसपार्क सञ्चालन नहुँदा स्थानियहरुमा निराशा जागेको हो । साढे सात रोपनी क्षेत्रफलमा निर्माण भएको बसपार्कबाट सञ्चालन गर्न पटक पटक पहल भए पनि बसपार्क सञ्चालन नहुँदा निर्माण भएका भौतिक पूर्वाधारहरु प्रयोगविहीन भएको छ ।
‘पटक पटक सथानिय सरकार संग वसपार्क सञ्चालनको लागी डेलिकेशन गइयो । पटक पटक कुराराखियो तर पनि अझै बसपार्क सञ्चालन हुन सकेन । कि स्थानिय सरकारले यो वसपार्क सञ्चालन गरिदिनु पर्यो, बसपार्क सञ्चालन गर्दैन भने हाम्रो जग्गा फिर्ता गरी यो संरचाना हटाइ दिनु पर्यो । ’स्थानिय टंकप्रसाद अधिकारीले भने । अधिकारी मात्र होइन अर्का स्थानिय रामचन्द्र लुइटेल पनि स्थानिय सरकारकाबाट सन्तुष्ट हुन नसकेको बताउछन् । फिदिम बजारका केहि सिमित व्यवसायिहरुको स्वास्र्थको कारण बसपार्क सञ्चालन हुन सकेन ।जनप्रतिनिधिहरुले फिदिम बजार क्षेत्रलाई मात्र फिदिम सम्झेकाले बसपार्क सञ्चालन हुन नसकेको बताउछन् ।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बसपार्क दशैं पछाडी बसपार्क सञ्चालनको तयारीमा नगरपालिका रहेकाले बसपार्क दशौं पछाडी सञ्चालनमा आउने बताए । उनले आफू मेयरमा निर्वाचित भैसकेपछि बसपार्क संचालनका विषयमा गम्भीर रहेको बताउदै पहिलो काम नै उक्त बसपार्क कसरी छिटो भन्दा छिटो सञ्चालन गर्न सकिन्छ भनेर लागि परेको बताए । फिदिम बजार भित्रका व्यवसायिहरुलाई पनि असर नगर्ने र लगानी भइसकेको बसपार्क पनि सञ्चालन गर्ने तयारीमा नगरपालिका रहेको मेयर काफ्ले जानकारी दिए ।
कहिले यातायात व्यवसायीको कारण त कहिले कुन बहानामा बसपार्क सञ्चालन गर्न स्थानिय सरकार गम्भीर नभए पछि टिकट काउन्टरसहित बसपार्कका आधारभूत संरचना हरु प्रयोगमा नआइ जिर्ण बन्ने सम्भावना छ । सुरक्षाका लागि अस्थायी प्रहरी बिट नै स्थापना गरिए पनि यातायात व्यवसायी र स्थानिय सरकार बसपार्क सञ्चालनमा गम्भीर नबन्दा करोड भन्दा माथिको लगानी यसै खेर गइरहेको छ । बसपार्कमा खानेपानी, बिजुली, टेलिफोनसहितका पूर्वाधार छन् । बसपार्क जाने/आउने सडक चौडा छ । तर पनि व्यवसायीले बसपार्कमा गाडी लैजाँदैन्न। गाडी बसपार्कमा पार्किङ नहुँदा बजारको सौन्दर्य नै हराएको छ ।
२०७१ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले नयाँ बर्षको अवसर पारेर बसपार्कको उद्घाटन गरेका थिए । २०७१ सालमा उद्घाटन भएको बसपार्क पुःन २०७५ साल असोजमा तत्कालीन फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले उद्घाटन गरेको बसपार्क अझै सञ्चालनमा आउन नसकेको हो ।