पाँचथर । पाँचथर मिडिया प्रालिका अध्यक्ष कबिन्द्र शेर्मालाई नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले ५० हजारको राशि सहित पुरस्कृत गर्ने भएको छ ।
फोनिज शाखा पाँचथरको मंगलबार बसेको बैठकले जिल्लाकै अग्रज पत्रकार शेर्मालाई ‘फोनिज पत्रकारिता पुरस्कार-२०७९’ प्रदान गर्ने निणर्य गरेको हो । हरेक वर्ष आदिवासी जनजाति पत्रकारहरुलाई वितरण गर्नेगरी यसै वर्षबाट ५ लाख रुपैयाँको अक्षय कोषसमेत स्थापना भएको फोनिज जिल्ला शाखा अध्यक्ष रामचन्द्र बम्जनले जानकारी दिए ।
फोनिजको २३औँ स्थापना दिवसका अवसरमा साउन २७ गते फिदिममा एक कार्यक्रमकाबीच आयोजना गरि पुरस्कार वितरण गरिनेछ ।
शेर्मा फोनिज पाँचथर शाखाका संस्थापक अध्यक्ष समेत हुन् ।