काठमाडौं । २० फागुन २०७८ को केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले मनोनित हुने केन्द्रीय सदस्यको सूचीमा छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको नामसमेत अटाएको थियो ।
दाहाल र आचार्यको नाममात्र होइन मापदण्डसमेत मिचेर केन्द्रीय सदस्यको सूची आएको भनेर राष्ट्रिय सभागृहमा हंगामा भएको थियो । फ्लोरबाट चर्को विरोध भएपछि उक्त सूची फिर्ता भएको थियो ।
केन्द्रीय कमिटीले सूची अस्वीकार गरेपछि अर्को केन्द्रीय कमिटीको बैठकमा मनोनित हुनेको सूची सच्याएर आउने आंकलन भएको थियो । तर, अहिले उक्त सूचीमा फेरि पनि गंगा र आचार्यसहितको सूची आएको छ ।
अघिल्लो साता प्रचण्डकी नातिनी सृष्टि दाहालललाई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनाएको विषय पनि विवादमा परेको थियो ।
त्यसैगरी, अहिले मनोनितको सूचीमा विप्लव माओवादीबाट भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुन पनि अटाएका छन् । त्यसैगरी, मोहन वैद्य नेतृत्वको माओवादी छोडेर माओवादी केन्द्र प्रवेश गरेका ईश्वरचन्द्र ज्ञवाली र वद्री बजगाईंलाई पनि प्रचण्डले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।