सरला रेग्मी, पाँचथर । लागु पदार्थ सेवन कर्ता प्रती तपाइँ कस्तो दृष्टि राख्नु हुन्छ र?
दुर्व्यसनमा पर्नुमा के त्यो व्यक्ती मात्र जिम्मेवार छ त ?
नजिकका कोहि दुर्व्यसनमा छन् के तपाइँ लागू औषध लिने र नलिने प्रती धारणा एउटै राख्नु हुन्छ ?
राख्नु हुन्छ या राख्नु हुन्न जे भएपनी
खैर, छोडौ यी कुरा प्रती तपाईको धारणा जे आए पनि दुर्व्यसनमा परेका नागरित त यहि समाजका हुन मान्नु हुन्छ नि ?
कि यिनिहरु अर्कै ग्रहबाट आए जस्तो लाग्छ ?
अजयले (नाम परिवर्तन ) १८ बर्षका हुँदा पहिलो पटक लागू औषध प्रयोग गरेका थिए । उनलाई थाहा थियो यसले मानव शरिरिलाई हानि गर्छ । उनलाई लाग्यो तानी हेरौं न कस्तो हुँदो रहेछ । शुरुमा ताने पछि लत बस्यो । छुटाउन खोजे, कसैगरी सकेनन् । परिवारका सदस्य माझ समस्या राखे, सुधार केन्द्र गए । सुध्रिएर आए तर बिबाह गर्न केटि खोज्दा होस या कुनै निजि कम्पनिमा काम गर्दा होस जब लागू औषध प्रयोग गर्थ्यो भन्ने थाहा हुन्थियों । काम बाट बिस्तारी निकालिन्थ्योँ । बिबाहको प्रसङ्ग पनि रोकिन्थ्योँ ।
सरोज (नाम परिवर्तन ) पढाइमा कमजोर थिए । परिवारको दवाबमा साइन्स पढे, नसालु पदार्थ खादा पढ्न आउँछ भन्ने सुनेर खान शुरु गरेको उनको अनुभव छ । सुधारकेन्द्र गए सुध्रिएर आए । म सुधार केन्द्र गएको मैले कसैलाइ भनिन् । भन्दा यो समाजले फेरि बाच्न दिदैन जस्तो लाग्यो । उनी अहिले सफल व्यवसायी छन् । आफुले प्रयोग गरेको कुरा बर्षौ पछि पनि भन्न डर लाग्ने बताए ।
यी र यस्ता उदाहरण प्रसस्त भेटिन्छन् । दुर्व्यसनमा फसेका व्यक्तिलाई परिवार, समाज र राज्यले फरक दृष्टिकोणबाट हेरेको प्रयोगकर्ताको बुझाइ छ । जब व्यक्ती दुर्व्यसनमा पर्छ । के त्यहाँ त्यो एउटा यक्ती मात्र जिम्मेवार हुन्छ त ?
कुनैपनी चिज प्रती लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थ लागु पदार्थ हो ।
सञ्जिब चापागाईं मनोविद् परामर्शदाता हुन् । उनले लागू औषध दुर्व्यसनको क्षेत्रमा लामो समय काम गरेका छन् । उनी मनोविद् मात्र होइन केही समय अगाडि उनी स्वयम् लागू औषध प्रयोग कर्ता पनि थिए । उनी १६ बर्षको हुँदा उनले लागू औषध प्रयोग गर्न थाले । २०४६ सालको जन आन्दोलन पछि जब नेपालिले स्वतन्त्रताको अनुभूति गर्न थाल्यो तब लागू औषधको प्रयोग कर्ता बढेको उनको अनुभव छ । उनी भन्छन् लागू पदार्थमा जस्ले जे जे भने पनि व्यक्ती कुनै न कुनै रुपमा त्यो चिज प्रती आकर्षण भएर शुरुगर्ने गरेको पाइएको छ । उनको अनुभव छ । ‘म आफू भन्दा ठुला दाइसँग नजिक थिए, हेर्दा अलि फुर्ती फार्ती देखिन्थ्यो, टोलका नेता थिए । हामिलाइ कहिलेकाहीँ लागू औषध ल्याउन लगाउथे, यो खादा पो सकृय हुइने रहेछ, अलि दम्ब बढे जस्तो लाग्यो’ । तान्न शुरुगरे, शुरुमा रमाइलो भयो, पछि शान्त हुन खान थाले तर शान्ती मिलेन, पछि खादा नि नखादापनी उस्तै पिडादायक नै भयो । त्यो पछाडी सुधार केन्द्र गएर आफू त्यो लत बाट बाहिर आए ।
कुनै पनि व्यक्ति, कुनै न कुनै कारणले दुर्व्यसनमा फस्ने गरेका छन् । तर जब दुर्व्यसनमा फस्छन, समाजले संरक्षण गर्नुको सट्टा उनिहरुलाइ हेर्ने दृष्टि नै फरक पार्ने गर्छ । पाँचथर जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्दा लागू औषध दुर्व्यसबमा ७ वटा मुद्दा दर्ता भएको छ, ११ जना पक्राउ र १३ जना फरार छन् । जिल्ला प्रहरी कार्यलयका प्रमुख राकेश थापा भन्छन, ‘लागू दुर्व्यसनमा परेकाहरु पीडित हुन् । एउटा कुनै न कुनै कारणले लतमा फस्छन, आफ्नो जिवन जोखिममा पारेका छन् भने अर्को तर्फ लागू औषधको कानुन कडा भएका कारण उनिहरु स्वयम् पिडित हुन् । उनिहरुको संरक्षण र फेरि समाजमा फर्काउन परिवार, बिद्यालय र समाजले महत्वपुर्ण भुमिका खेल्नु पर्छ’ ।
लागू औषध दुब्यसनको प्रयोग पछिल्लो समय बढ्दै गएको छ । २०७६ को सर्वेक्षण अनुसार १ नम्बर प्रदेशमा मात्र २ हजार ७ सय १३ जना पुरुष र ५ सय ९२ जना महिला छन् । नेपालकैहेर्ने हो भने १ लाख ३० हजार ४ सय २५ जना छन् । सबै भन्दा बढी ३० देखि ३४ बर्ष उमेर समुहकाले लागू पदार्थ दुर्व्यसनमा परेको तथ्यांकले देखाउछ ।
लागू औषध खराब हो भन्ने थाहा हुँदा हुँदै पनि यो प्रती आकर्षण झन बढ्दै गएको छ ।
मनोविद् परामर्शदाता सञ्जिब चापागाईं भन्छन् पहिला परिवार सँगै बसेर खाना खाने, छोराछोरी सँगको सम्बन्ध नजिक जस्तो हुन्थ्यो तर अहिले सबै आ आफ्नो ठाउँमा व्यस्त हुन्छन् । कस्ले कतिबेला आएर खायो त्यो सम्म थाहा हुँदैन । जस्ले गर्दा सबै एक्लो एक्लो जीवन जिउदा कुनै न कुनै रुपमा लागू औषध प्रती आकर्षण बढेर दुर्व्यसन बढेको उनी बताउछन् ।
खुला सीमाको फाइदा उठाउँदै काँकरभिट्टा नाकाबाट नेपाल भित्र्याइँदै गरेका लागु पदार्थसहित मान्छे पक्राउ पर्ने क्रम दिनहुँ जस्तो छ। १ नम्बर प्रदेशले उपलब्ध गराउने विवरणमा लागु पदार्थ कारोबारी तथा सेवनकर्ता प्रायः दिनहुँ पक्राउ पर्ने गरेका छन्। लागू औषध नियन्त्रणका लागि कानुन बनेको छ सप्लाइ गर्ने र प्रयोगकर्ता पक्राउ पनि परेका छन् । तर लागू औषध दुर्व्यसन बढ्नुमा जुन प्रकारको सचेतनाको लागि अभ्यास भएको छ त्यो पुर्ण नभएको पुरानै शैलिले सचेतना बिकास नहुने मनोविद्हरु बताउछन् ।
पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुंगाना भन्छन् ‘दुर्व्यसनलाई न्यूनीकरण गर्न बिद्यालयको महत्वपूर्ण भुमिका हुन्छ तर औपचारिक रुपमा पाठ्यक्रममा लागू औषधका बिषय छैनन् जस्को कारण पनि दुर्व्यसनि बढेको हो’ ।
अहिले नेपालका विभिन्न ठाउँमा पुनस्थापना केन्द्र स्थापना गरी उपचारपनि हुँदै छ । यो समाधान चाँही होइन। समाजमा बसोबास गर्ने युवालाइ उद्योगधन्दा खोलेर रोजगार दिनुपर्ने अवस्थामा पुनस्थापना केन्द्र खोल्नु परेको छ यो समाजको पीडा हो। तर लागू पदार्थ सेवनकर्तापनी यहि समाजकै कारण कुनै न कुनै रुपमा निर्माण भएमा नागरिक हुन् भन्ने चै भुल्नु हुदैन ।
बि. सं. २०३३ सालभन्दा अगाडी नेपालमा गाँजाजन्य पदार्थहरू खुल्लम खुल्ला विक्री वितरण हुने गर्थ्यो। जब लागु औषध नियन्त्रण ऐन,२०३३ कार्यान्वयनमा आयो त्यसपछि लागु औषधलाई कानूनतः प्रतिवन्ध लगाइयो। तथापी संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले सन् १९६१ मा सिंगल कन्भेसन अन नार्कोटिक ड्रग्स २०६१ लागु गरेपछी विश्वस्तरबाट नै यसको नियन्त्रण सुरुवात भएको हो । जब नियन्त्रण शुरुभयो तब यसले व्यापक रुप लिएको छ ।
परामर्शदाता चापागाईं भन्छन् ‘लागू पदार्थको हानिले के गर्छ बताइदैन, यस्ले पार्ने प्रभाव बताइदैन, घरमा बालबालिकालाइ खान हुदैन भनेको छ सचेतना दिदा त्यस्का केमिकलको बारे बताउदा बच्चाहरुमा लागू औषध प्रती उत्सुकता बढेर त्यो तर्फ लत बसेको हो’ । उनले भने जसरी अहिले खैनी चुरोटको बाहिरी आवरणमा ९० प्रतिशत क्यान्सर लाग्छ भनेर लेखिएको छ त्यसरी नै बालबालिकाले अधिकतम प्रयोग गर्ने चाउचाउ, बिस्कुट, क्याटवरी र चकलेटको बाहिरी आवरणमा लागू औषध बारे सचेतना दिने हो भने पक्कै दुर्व्यसन घट्ने छ ।
लागू औषध दुर्व्यसनि प्रती हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउदै उनिहरुलाई सहि बाटोमा ल्याउने दायित्व सरकारको हो । ३ सय ६३ दिन लागू औषधको बारे छलफल नगर्ने १ दिन मनाएको लागू औषध नियन्त्रण दिवसले के लागू औषध दुर्व्यसन कम होला र ? लागू औषध दुर्व्यसन बिरुद्द सरोकारवालाहरुसँग मिलेर र सुधार गृहबाट फर्किएकाहरुलाई जनचेतना अभियानमा सँग सँगै लैजानुपर्छ । यो सबैको समस्याको बिषय हो यो सबैको चासोको बिषय हो भन्ने बुझ्न जरुरी छ । लागू औषध दुर्ब्यसनिमा फसेकालाइ अन्य व्यक्ति सरह बाच्ने अधिकार छ । यो बिषयमा राज्य सँगै सम्बन्धित सबैले जवाफदेहि बन्न जरुरी देखिन्छ ।