पाँचथर । जिल्ला भलिवल संघ पाँचथरमा २३ वर्ष पछि नेतृत्व परिर्वतन भएको छ । मंलवार फिदिममा संघले अधिबेशन गरी नेतृत्व परिर्वतन गरेको हो । २०५६ सालमा जिल्ला भलिवल संघ पाँचथर स्थापना भए यता अधिबेशन भएको थिएन् ।
निबर्तमान अध्यक्ष महेन्द्र थापा मगरले संघलाई २३ वर्ष पछि नेतृत्व गरे पछि नेतृत्व हस्तान्तरण गरेका छन् । मंलवार भएको संघको अधिबेशनले बविन चौहान लाई अध्यक्षमा सर्वसम्मत् चयन गरेकाे छ । चैहानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बेदप्रसाद श्रेष्ठ र कोपिला उप्रेती, महासचिवमा कमल तुम्रोक, र कोषाध्यक्षमा सुजन पुरी निर्विरोध चयन भएका नेपाल भलिवल संघ पाँचथरले जनाएको छ । । त्यस्तै, सदस्यमा बसन्त आङ्देम्बे, प्रभा काम्वाङ, जुनु केरुङ, नरेन्द्र थापा र कबिर तुम्बाफो निर्बिरोध चयन भएका छन् ।
मंगलबार भएको संघको अधिबेशनमा केन्द्रिय सचिव तथा जिल्ला तथा प्रदेश नं. १ निर्वाचन संयोजक मदन खड्काको उपस्थित रहेको थियो ।
प्रदेश अधिवेशनका लागि प्रत्येक जिल्लाबाट दुईजना र केन्द्रिय अधिवेशनका लागि एकजना प्रतिनिधि समेत छनौट गरिनेछ ।
प्रदेशको अधिवेशन आगामी असार १० गते हुनेछ । त्यसका लागि असार ७ गतेसम्ममा प्रदेश नं. १ का १४ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तालिका रहेको भलिबल संघले जनाएको छ ।