पाँचथर । पाँचथरमा यस वर्ष ३ हजार ३९५ जना विद्यार्थीहरुले एसइई परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाँचथरका प्रमुख युगमणी सवेहाङले जानकारी दिए ।
जिल्लाका ९७ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरु एसइई परीक्षामा सहभागी हुने छन् । खुल्ला शिक्षाबाट सहभागी हुने विद्यालय समेत गरेर जिल्लामा ९७ वटा विद्यालय पुगेको सबेहाङले जारीकारी दिए । जसमा, ८ वटा निजि विद्यालय रहेका छन् । ८९ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले एसइई परीक्षामा सहभागी हुने छन् ।
पाँचथरमा नियमित तर्फ तीन हजार ३२१ जना , ग्रेडबृद्धि तर्फ ७४ जना विद्याथीहरु परिक्षामा सहभागी हुनेछन् । प्राविधिक धार तर्फबाट ९८ जना र खुल्ला शिक्षा तर्फ २५ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने सवेहाङले जानकारी दिए । पाँचथरमा भोली देखि सुरु हुने एसइई परीक्षामा २० वटा परिक्षा केन्द्रबाट बिद्यार्थीहरुले परिक्षामा सहभागी हुने छन् ।
यस वर्षकाे एसइई परीक्षाको लागी पाँचथरमा ३१३ जना कर्मचारी परिचालन हुने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाँचथरका प्रमुख सवेहाङले जानकारी दिए । जसमा, २० जना केन्द्राध्यक्ष, २३ जना सहायक केन्द्राध्यक्ष, १६९ जना परिक्षा निरिक्षक, ३३ जना परिक्षा सहायक र ६८ जना कार्यालय सहयोगी परिचालन गरिएको सवेहाङले जानकारी दिए ।
भोली देखि सुरुहुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूणर् तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाँचथरका प्रमुख सवेहाङले जानकारी दिए । प्रश्नपत्र सुरक्षा , परिक्षकेन्द्रको सुरक्षा लगायत परिक्षा सञ्चालनको सबै तयारी पुरा भएको सवेहाङले जानकारी दिए ।