काठमाडौँ । तनहुँमा नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको समूह र नेकपा एमालेबीच चुनावी तालमेल हुने भएको छ ।
गए राति दुवै समूहबीच यस्तो सहमति भएको हो । सहमतिअनुसार तनहुँका १० वटै स्थानीय तहमा जोशी र एमालेका उमेदवारबीच भागबन्डा हुनेछ ।
तर दमौलीमा भने जोशीले आफ्ना छोरा दीपक जोशीलाई उम्मेदवार बनाएका छन् ।‘काँग्रेस पार्टी हामीसँग मिल्न खोजेन । तिमीहरुको सहयोग चाहिएन भनेपछि एमालेसँग सहमति भएको हो,’ जोशीले भने, ‘तनहुँका १० वटा पालिकामै गठबन्धन हुनेछ । तर हामीले सूर्य चिह्न लिँदैनौँ । स्वतन्त्र चिह्नमा लड्ने हामीलाई एमालेले सहयोग गर्नेछ भने हामीले एमालेलाई सहयोग गर्नेछौँ ।’
जोशी र एमालेका जिल्ला स्तरका नेताहरुबीच यस्तो सहमति भएको बताइएको छ ।