यासोक । यासोक बजारमा जारी कुम्मायक कुस्सायक गोल्डकपमा आयोजक सयपत्री क्लब (रातो) ले भारतको एसटी ब्रदर्श सिलगुडी माथि फराकिलो जित दर्ता गरेको छ । बिहिबार सम्पन्न खेलमा आयोजक टोली सयपत्री क्लब यासोकले सिलगुडीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।
यासोकको जित सँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलको लागी यस अघिनै ३ टोली छनोट भइसकेका छन् । झापाली खेलाडीहरुको बाहुल्यता रहेको सयपत्रीको जर्सिमा किशोर गीरी, दिलेन लोक्ताम, बुद्ध चेम्जोङ, बिशाल राई लगायतका खेलाडीहरु मैदान उत्रेका थिए ।
यासोकको जितमा आषिश चापागाई एक्लैले ५ गोल गरे । एक गोल भने बुद्ध चेम्जोङको नाममा रहयो । खेल अवधि भर दवाबमा परेको एसटी ब्रदर्श सिलगुडीले कुनै गोल गर्न सकेन । पाएका केहि अवसर गुुमाउँदा एसटी ब्रदर्श सिलगुडी फराकिलो हार व्यहोरदै घर फर्कन बाध्य भयो ।
यासोकको लागी ५ गोल गरेका आषिश चापागाई खेलको म्यान अफ दि म्याच बन्दै नगद ५ हजार प्राप्त गरे ।
प्रतियोगिताको बिजेताल टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयाँ प्राप्त गर्नेछ । उपबिजेता हुने टोलिले नगद १ लाख ६६ हजार ६६६ रुपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल बैशाख ४ गते हुनेछ ।
प्रतियोगिताकाे पहिलो सेमिफाइनल खेल भाेली ब्रर्दर्श युनाइटेड क्लब झापा र संगम एफसि सुनसरी बिच हुनेछ ।