यासाेक । यासोक बजारमा जारी कुम्मायक कुस्सायक गोल्डकपमा सुनसरीको संगम एफसी सेमिफाइनलमा प्रबेश गरेको छ । केकेएफसी झापालाई ४-० गोल अन्तरले हराउदै सुनसरी सेमिफाइनल पुगेको हो ।
यासोक स्थित पृथ्वी माविको खेलमैदानमा भएको खेलमा सुनसरीको लागी बिमल घिसीङ,हिमाल लामा, विजय घलान, अनील राना मगरले गोल गरेका थिए ।
झापाबाट कुनै गोल हुन सकेन । केकेएफसी झापा पहिलो चरणबाटै घर फर्कन बाध्य भयो ।
प्रतियोगिताको बिजेताल टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयाँ प्राप्त गर्नेछ । उपबिजेता हुने टोलिले नगद १ लाख ६६ हजार ६६६ रुपैंयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा भोली आयोजक सयपत्री क्लव (रातो) भारतको एसटी ब्रदर्श बिच प्रतिस्पर्धा हुने छ ।