पाँचथर । छोरी बलात्कार गरेको आरोपमा फिदिम नगरपालिका वडा नम्बर ५ बस्ने ४३ बर्षिय एक पुरुष पक्राउ परेका छन् ।
आफ्नै १२ वर्षकी छोरीलाई बलात्कार गरेका आरोपमा ति पुरुष पक्राउ परेको प्रहरीले बताएको छ । मंगलवार बालिकाकी आमाले श्रीमानले बलत्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा दिएकी थिइन ।
घटना पछि अरोपित पुरुष फरार रहेका थिए । फरार रहेका पुरुषलाई मंगलवार राति प्रकाउ गरेको प्रहरीले बताएको छ ।
बाबु भएकाले आरोपीको नाम,थर,वतन गोप्य राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।